सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

मलाइकाको तस्वीर भाइरल

बलिउडमा नायिका तथा आइटम गर्ल मलाइका अरोरा खानको स्टाइलले सधै नै चर्चा पाउँछ । मलाइका अरोरा चलचित्रमा काम गरेर भन्दा पनि आफ्नो स्टाइल, पहिरन र फेसनले बढी चर्चामा आउँछिन् । उनी, अहिले नायक अर्जुन कपुरको प्रेममा परेपछि झनै चर्चामा छिन् ।

Sana Kishan

यसैविच, नायिका अरोरा खानले सामाजिक संजालमा शेयर गरेको केही बोल्ड तस्वीरले अहिले हंगामा मच्चाइरहेको छ । उनले लेखेकी छिन्–‘मेरो कतिपय मनोदशा, जसलाई मेरो प्रेमिकाले मात्र वुझ्छिन् । मेरो निकै नै प्रतिभाशाली वीएफएफले लिएको यो तस्वीर ।’

मलाइका सामाजिक संजालमा निकै नै सक्रिय छिन् । यसैले, पनि चलचित्रमा खासै काम नगरेपनि उनको चर्चा चर्चित नायिकाको भन्दा कम हुँदैन । भारतीय मिडियामा मलाइका र अर्जुनको बिहेको खबर पनि सार्वजनिक भैरहेको छ । तर, यी दुइले यो बिषयमा अहिलेसम्म बोलेका छैनन् ।

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.