सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

मझगाँउ बिमान स्थल पुनः सञ्चालनमा ल्याउन मुख्य मन्त्री त्रिलोचन भट्टलाई ज्ञापन पत्र

बन्द भएको मझगाँउ बिमान स्थल पुनः सञ्चालनमा ल्याउन संघर्ष समितिले सुदूर पश्चिम प्रदेशका मुख्य मन्त्री त्रिलोचन भट्टलाई ज्ञापन पत्र बुझाएको छ । बिमान स्थल बिगत दुई दसक देखि बन्द भएको थियो ।
संघर्ष समितिका संयोजक रमेश चन्द सहित गएको टोलीले बिमान स्थल संचालनका लागि बजट विनियोजन गराउन प्रदेश सरकारको ध्यानाकर्षणका ज्ञापन पत्र बुझाएको छ ।

राजपा कञ्चनपुरका जिल्ला सदस्य नेता तथा समितिका सदस्य समेत रहेका लोकराज भट्टले सबैले बिमान स्थल संचालन हुनुपर्नेमा जोडिदिएको बताए । यसैबीच राजपा नेपाल बाट प्रदेश सभा सदस्य मालामती रानाले समेत लिखित प्रतिबद्धता ब्यक्त गरेको भट्टले बताए ।

कञ्चनपुर बाट दैनिक रुपमा ठूलो संख्यामा हवाई यात्रा गर्ने गरेका छन् । यदि मझगाँउ बिमान स्थल संचालन भए यहाँको पर्यटन ब्यवसायको मात्र नभएर यस यस क्षेत्रको जनजीवनमा राम्रो आम्दानी श्रोत हुने देखिन्छ ।

Dirghayu Ads
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.