सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

विश्वकप क्रिकेट : वेस्टइन्डिज बिरुद्ध पाकिस्तानको लज्जास्पद हार

विश्वकप क्रिकेटमा आज सुक्रबर भएको खेलमा वेस्टइन्डिजले पाकिस्तानलाई सात विकेटले पराजित गरेको छ।

आइसिसि क्रिकेट वर्ल्ड कप अन्तरगतको दोस्रो खेलमा टस हारेर पहिला ब्याटिङमा आएको पाकिस्तानलाई वेस्टन्डिजका खेलाडीले १०५ रनमा सीमित बनाएका थिए।

Sana Kishan

वेस्टइन्डिजले १३.४ ओभरमा तीन विकेटको क्षतिमा १०८ रन बनाउन सफल भएको हो। उसका लागि क्रिस गेले ३४ बलमा छ चौका र तीन छक्का प्रहार गर्दै ५० रन जोडे। निकोलस पुरनले १९ बलमा चार चौका र दुई छक्का प्रहार गर्दै ३४ रन बनाए।साइ होपले १७ बलमा १ चौका लिँदै ११ रनको योजदान दिए भने अन्य खेलाडीले दोहोरो अंक जोड्न सकेनन्।

World Link Ads

नाटिन्घमको ट्रेन्ट ब्रिज मैदानमा टस हारेर पहिला ब्याटिङमा उत्रिएको पाकिस्तानी खेलाडीलाई वेस्टइन्डिजले २१.४ ओभरमा १०५ रनमा समेटेको थियो। पाकिस्तानका लागि पाखर जमान र बबर अजामले समान २२/२२ रन जोडे भने वहाब राइजले १८ रनको योजदान दिए। त्यस्तै, मोहम्मद हफिजले १६ रनको योगदान दिँदा अरू खेलाडीले दोहोरो अंक पनि जोड्न सकेनन्।

वेस्टइन्डिजका लागि ओहान थोमस २७ रन खर्चिँदै ४ विकेट लिँदा जोसन होल्डर ४२ रन खर्चिएर तीन विकेट लिए। एन्डी रुस्सलले तीन ओभर बलिङ गर्दै ४ रन खर्चिएर २ विकेट लिँदा सेल्डन क्याट्रेलले १८ रन खर्चिएर १ विकेट लिए।

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.

Close