सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

क्रिकेट विश्वकप २०१९ : १० हजार रन कटाउने विराट एक्ला कप्तान

काठमाडौं । बिहीबारदेखि इंगल्याण्ड र वेल्समा हुने विश्वकप क्रिकेट २०१९ शुरु हुँदैछ । यो विश्वकपमा विश्वका १० टोलीले भाग लिइरहेका छन् । यो विश्वकपमा १० हजार कटाउने विराट कोहली एक्ला कप्तान हुन् । यो प्रतियोगितामा श्रीलंकाका दिमुत करुणारत्ने सबैभन्दा कम अनुभवी कप्तान हुन् । उनले केवल १८ एकदिवसीय खेल खेलेका छन् । सबैभन्दा अनुभवी कप्तान पनि विराट कोही हुन् । उनले २ सय २७ एकदीवसीयमा १० हजार ८४३ रन बनाएका छन् ।
एसियाबाटै सबैभन्दा युवा र बढी उमेरका खेलाडी भएको टिम यसमा सबैभन्दा युवा टोली अफगानिस्तानको छ । अफगानिस्तानको टोलीको औसत उमेर २७.५७ वर्ष छ । तर, यो टोलीका ७ खेलाडीको उमेर ३० वर्षभन्दा धेरै छ ।

सबैभन्दा धेरै औसत उमेर भएको टोली पाकिस्तान हो । यो टोलीको औसत आयु ३०.६५ वर्ष छ । यो टोलीमा ६ खेलाडी ३० वर्षभन्दा बढी उमेरका छन् । तर, यसमा २ खेलाडीको उमेर ३७ वर्षभन्दा बढी उमेरका छन् ।

२० वर्षमुनिका केवल ३ क्रिकेटर

World Link Ads
Mahakali Polytechnic

यो विश्वकपमा २० वर्षभन्दा मुनिका केवल ३ क्रिकेटर रहेका छन् । जसमा सबैभन्दा कम उमेरका खेलाडी अफगानिस्तानका मुजीब उर रहमान हुन् । उनको उमेर १८ वर्ष २५ दिनको छ । उनी अफगानिस्तानको टोलीमा २० वर्षभन्दा मुनिका एक्ला खेलाडी हुन् । यो प्रतियोगितामा १ सय ५० खेलाडीले भाग लिँदैछन् । मुजीब बाहेक पाकिस्तानका शाहीन अफ्रिदीको उमेर पनि १९ वर्ष १२ दिनको छ । त्यस्तै मोहम्म हसनैन १९ वर्ष १३ दिनका छन् ।

Dirghayu Ads

४० वर्षमाथिका इमरान एक्ला खेलाडी

Sana Kishan

यो विश्वकपमा ४० वर्षभन्दा बढी उमेरका इमरान ताहिर एक्ला खेलाडी हुन् । उनको उमेर ४० वर्ष २२ दिनको छ ।

होल्डर सबैभन्दा युवा र मोर्ताजा सबैभन्दा बढी उमेरका कप्तान

वेस्ट इन्डिजका जोसन होल्डर यो विश्वकपका सबैभन्दा युवा कप्तान हुन् । उनको उमेर २७ वर्ष १७० दिन छ । उनले अहिलेसम्म ९५ एकदिवसीय खेलेका छन् र १ हजार ५७४ रन बनाएका छन् । सबैभन्दा बढी उमेरका कप्तान बंगलादेशका मशरफे मोर्ताजा हुन् । उनको उमेर ३५ वर्षभन्दा बढी छ ।

दक्षिण अफ्रिकाको सफलतादर ६४.१४ प्रतिशत

विश्वकपमा भाग लिइरहेका टोलीको कुरा गर्दा सबैभन्दा बढी सफलतादर दक्षिण अफ्रिकाको छ । यो टोलीको सफलतादर ६४ दशमलव १४ प्रतिशत छ । उसले सन् १९९१ देखि अहिलेसम्म खेलेको ६१० वानडेमा ३७८ जितेको छ । सबैभन्दा कम सफलतादर बंगलादेशको छ । बंगलादेशले ३६२ एकदिवसीय खेलेको छ । जसमा उसले केवल १२२ खेल जितेको छ ।

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.