महेन्द्रनगर १२ जेठ । कञ्चनपुरको वेदकोट नगरपालीकामा युवा सचेतनाको लागि ¥याली को आयोजना गरिएको छ ।
वेदकोट नगरपालिकाको नमुना युवा सांसदको आयोजनामा शनिबार बिहान उक्त कार्याक्रमको आयोजना गरिएको हो ।
नमुना युवा सांसदका संयोजक मोहन बहादुर बोहाराले युवामा सचेतना जगरणका लागि कार्याक्रमको आयोजना गरिएको हो ।
उनको अनुसार सामाजिक कार्यमा युवा सहभागीता एंम भुमीका विषयक तीन दिने युवा प्रशिक्षण तालिम समापनपछि सचेतना यालीको आयोजना गरिएको हो ।
दैजी बजारबाट सुरु भएको ¥याली वेदकोट नगरपालिका कार्यालय परिसरमा पुगेर कोण सभामा परिणत भएको थियो ।
कोण सभालाई सम्बोधन गर्दैँ नगर प्रमुख अशोक कुमार चन्दले देश निर्माणमा युवाको महत्वपुर्ण भमीका रहेको औल्याए । उनले नगरका रहेक विकास निर्माण तथा सामाजिक विकास कार्यमा युवाको सक्रियता आवश्यक रहेको बताए ।