सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

सामुदायिक स्वास्थ्य भवन निर्माणका लागी दुई रोपनी जग्गा दान गरे पन्चेश्वरका परमानन्द तिवारीले।

नरेश तिवारी /बैतडी

बैतडीको पन्चेश्वर गाउपालिका वार्ड न.४ आमचौरा मल्लागाउ स्थित बसोबास गर्दै आएका ६२ बर्षीय परमानन्द तिवारीले सामुदायिक स्वास्थ्य ईकाइ भवन निर्माण को लागी २ रोपनी जग्गा दान गरेका छन।

पन्चेश्वर गाउपालिका वार्ड न ४ मल्लागाउ स्थित बसोबास गर्दै आएका तिवारीले आफनो निजी जग्गाबाट २ रोपनी जमीन दान गरेका हुन। गाउपालिकाको वार्ड न ४ मल्लागाउमा बसोबास गर्दै आएका परमानन्द तिवारी २०५४ सालको निर्वाचनमा साविक को आमचौरा गाबिस वार्ड न. २ बाट वार्ड अध्यक्ष समेत रहेका थिए।

पन्चेश्वर गाउपालिकामा समाजसेवी बुद्दिजीबीको रुपमा चिनिदै आएका परमानन्द तिवारीले स्वर्गीय बुवा,आमाको स्मृतिमा जग्गा दान गरको र उक्त स्वास्थ्य चौकी भवन निर्माण कार्य छिटो भन्दा छिटो प्रारम्भ भईरहेको उहाले जानकारी दिएका छन।
उक्त स्वास्थ्य चौकी बाट गाउपालिकाको वार्ड न ४ का निङगलाड,उज्जलगाउ,मटिउल,र मल्लागाउका जनताहरु स्वास्थ्य लाभ लिन सक्ने जग्गादाता तिवारीले जानकारी दिनुभएको छ।

Dirghayu Ads
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.

This will close in 10 seconds