सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

भीनपालाई गौबरको सहर बनाउन सहयोगको आव्हान

महेन्द्रनगर, ७ जेठ
भीमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र विष्टले भीनपालाई राष्ट्रको. गौरबको सहर बनाउन सबै क्षेत्रबाट सहयोगको अपेक्षा गरिएको बताएका छन् । क्षेत्रीय सहरी विकास आयोजना अन्तर्गत दिर्घकालिन सहरी विकास योजना तर्जुमा गोष्ठी उद्घाटन गर्दै उनले दिर्घकालिन वस्ती विकासलाई मध्यनजर गरी योजनाहरु सञ्चालन गरिएको बताए ।
दोधारा चाँदनीमा बन्ने सुख्खा बन्दरगाह, महाकाली नदीको पक्की पुल र महाकाली कोरिडोर र पश्चिमी सीमा नाकाले भीमदत्त नगरपालिका गौरबको सहरका रुपमा विकसित हुने बताए ।
‘भीनपालाई राष्ट्रको गौरबको सहर बनाउने गरी अघि बढेका छौ, त्यसमा तपाई सबैको आवश्यक छ, जस अपजश लिने गरी भीनपा अगाडि बढ्छ’ उनले भने ।
क्षेत्रीय सहरी विकास आयोजना, आयोजना कार्यान्वयन इकाई धनगढीले आयोजना गरेको कार्यक्रममा राजनीतिक दल, जनप्रतिनिधि, पूर्व जनप्रतिनिधि, गैर सरकारी क्षेत्रका प्रतिनिधि सहभागी भएका छन् ।
क्षेत्रीय सहरी विकास आयोजना अन्र्तगत एकीकृत फोहरमैला व्यवस्थापन केन्द्र, सडक निर्माण र ढल व्यवस्थापन निर्माणका कार्य गर्न लागिएका छन् । नगरपालिका फोहरमैला व्यवस्थापन केन्द्रका लागि जग्गा खोजी गरिरहेको छ ।

Sana Kishan

‘वस्ती र पर्यावरणी हिसाबले उपयुक्त हुने स्थानमा फोहरमैला व्यवस्थापन केन्द्र बनाउन जमिन खोजी गरिरहेका छौ, त्यसका लागि विज्ञले दिएको प्रतिवेदनका आधारमा काम अघि बढ्छ’ उनले भने,‘त्यसका लागि नगरपालिका सरोकारवालासित छलफल गरी अघि बढेको छ ।’
कुहिने फोहरबाट भीमदत्त नगरपालिकाले नमूना परीक्षणका रुपमा ग्याँस उत्पादन गरेको उल्लेख गर्दै उनले भने,‘काठमाडौंमा फोहर व्यवस्थापनका समस्या छन्, नेपालगञ्जमा फोहर व्यवस्थापनमा नमूना रुप अघि बढेको छ, त्यसलाई पनि हेरेर जानु पर्छ ।’
फोहरमैला व्यवस्थापन केन्द्र भीनपाका १९ वडामध्ये जुनसकुै वडामा पनि बनाउन सकिने नगर प्रमुख विष्टले बताए । ‘सभ्य सहर बनाउन खुला हिसाबले सोच्नु पर्छ’ उनले भने,‘मसानघाट ११ नम्बरमा बन्यो, अरु संरचना अन्य वडामा बन्छन् ।’
नगर प्रमुख विष्टले पाँच वर्षे आवधिक योजना तयार भएको उल्लेख गर्दै त्यसका आधारमा नगरको विकासको दिर्घकालिन लक्ष्य राखेर २५ वर्षे योजना बनाइने बताए ।
कार्यक्रममा सहभागी विभिन्न क्षेत्रका प्रतिनिधिलाई योजना छनौटका लागि विभिन्न समूहमा विभाजन गरिएको छ ।

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.