सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

पढाइसँगै गर्न सकिने पार्ट टाइम जागीर

कलेज पढ्न शुरू गरेपछि पढाइसँगै विभिन्न शीर्षकमा खर्च बढ्न थाल्छ । यस्तो अवस्थामा हरेक कामका लागि अभिभावकसँग खर्च मागिरहन पनि अप्ठ्यारो लाग्छ । यदि तपाईंको स्थिति पनि यस्तै छ भने खर्च जुटाउन पढाइसँगै पार्ट टाइम जब गर्न सक्नुहुन्छ । यस्तो किसिमको पार्ट टाइम जब छनोट गर्नुहोस्, जसले आफ्नो करीअर अगाडि बढाउन पनि सहयोग पु¥यायोस् ।

कन्टेन्ट एडिटर

यो यस्तो जागीर हो, जुन सजिलै पाउन सकिन्छ । अहिले धेरै वेबसाइट खुलेका छन्, जहाँ तपाईं दिनमा २–४ घण्टा कपी एडिटिङ वा कन्टेन्ट राइटिङको काम गरेर राम्रो पैसा कमाउन सक्नुहुन्छ । यस्तो जागीर गर्न सम्बन्धित भाषाको राम्रो ज्ञान भने राम्रो हुनुपर्छ ।
अनलाइन रिसर्चर
यो जागीर गर्न तपाईंको रुचि रिसर्चमा हुनु एकदमै जरुरी छ किनकि, धेरैजसो मानिस यस्तो काम गर्न झन्झट मान्छन् । यदि रिसर्च गर्ने तपाईंको शौख छ भने कर्पोरेट हाउस, मिडिया हाउसहरूमा असिस्टेन्टका रूपमा काम पाउन सकिन्छ । यो क्षेत्रको विशेषता के हो भने यसले तपाईंको नेटवर्किङ बढ्नुका साथै आम्दानी पनि राम्रो हुन्छ ।

World Link Ads
Mahakali Polytechnic

गेस्ट सर्भिस को–अर्डिनेटर

Dirghayu Ads

यो कामका माग धेरैजसो टुरिजम क्षेत्र तथा ठूला समारोहमा आएका पाहुनाको व्यवस्थापन गर्ने कम्पनीहरूमा हुन्छ । यहाँ पाहुना तथा क्लाइन्टहरूसँग छलफल गर्ने तथा उनीहरूको समस्या सुल्झाउने जस्ता काम गर्नुपर्छ । यस्तो कामबाट तपाईंभित्रको आत्मविश्वास बढ्नुका साथै व्यक्तित्व विकास पनि हुन्छ ।

Sana Kishan

सोसल मिडिया असिस्टेन्ट

नयाँ मिडिया हाउसहरूमा यो पनि नयाँ जागीर हो । यहाँ तपाईंले कम्पनीको सोशल मिडिया अकाउन्ट सम्हाल्नुका साथै उनीहरूको कन्टेन्टको व्यवस्थापन गर्नुपर्ने हुन्छ ।

अनलाइन कम्युनिकेशन एशोसिएट

अहिले अनलाइन कम्युनिटी म्यानेजमेन्टको क्षेत्र बढ्दै गएको छ । यसमा तपाईंले वेब कन्टेन्ट अपडेट गर्नुका साथै सोशल मिडियासम्म हेर्नुपर्छ । यसैगरी कन्टेन्ट मिलाएर राम्रो समाचार बनाउनुपर्ने पनि हुन सक्छ । यस्तो जागीरबाट तपाईं राम्रो आम्दानी गर्न सक्नुहुन्छ ।

होम ट्युशन

विद्यार्थीका लागि होम ट्युशन पढाउनु आम्दानीको राम्रो स्रोत हो । आफ्नो अनुभव र दक्षताको विषय तपाईं विद्यार्थीको घरमै गएर पढाउन सक्नुहुन्छ । अहिले खासगरी शहरी क्षेत्रमा यो काम लोकप्रिय बनेको छ ।

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.