सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

दोस्रो आईपीएलमा सन्दीप सफल कि असफल ?

३० वैशाख, काठमाडौं । टी–२० क्रिकेटका ग्लोबल स्टारको छवि बनाएका नेपाली स्पिनर सन्दीप लामिछाने दोस्रो आईपीएल यात्रा सकेर स्वदेश फर्किसकेका छन् । चेन्नई सुपर किङ्ग्स र मुम्बई इन्डियन्सबीचको फाइनल भिडन्त उनले टेलिभिजनमै हेरे ।

सन्दीपको टिम दिल्ली क्यापिटल्स इतिहास रच्दै पहिलोपटक क्वालिफायर्ससम्म पुग्यो । तर, सन्दीपको व्यक्तिगत प्रदर्शन भने अपेक्षाकृत भएन । प्रतियोगितामा ६ वटा म्याचमा मौका पाएका उनले समग्रतामा आफ्नो स्तरभन्दा न्यून प्रदर्शन गरे । एक वर्ष अगाडिदेखि अन्तराष्ट्रिय टी–२० लिगमा आफ्नो उत्कृष्टता देखाइरहेका उनका लागि यो पहिलो ‘सेटब्याक’ हो ।

त्यसो त विश्वका महान खेलाडीहरुबाट पनि सँधै एकनास प्रदर्शन आशा गर्न सकिँदैन । त्यसमाथि क्रिकेटमा त खेलाडीको प्रदर्शनलाई धेरै पक्षहरुले प्रभावित पारेका हुन्छन् । त्यसर्थ सन्दीपले खराब बलिङ गरेको भन्दा पनि उनको बललाई ब्याट्सम्यानहरुले राम्ररी ‘रिड’ गर्न थालेका छन् । धेरै ब्याट्सम्यानहरु सन्दीपलाई रोक्नेभन्दा आक्रमण गर्ने रणनीतिमा देखिए ।

World Link Ads
Mahakali Polytechnic

समग्र प्रतियोगितामा ६ खेल खेलेका सन्दीपले ८ विकेट लिएका छन् । तर, उनको बलिङ भने खर्चिलो सावित भयो । उनले २३ ओभर बलिङ गर्दा ९.१७ को इकोनोमीमा २ सय १० रन खर्चिए । इकोनोमीको हिसाबले उनको यो अहिलेसम्म खेलेका अन्तर्रा्ष्ट्रिय लिगमा महंगो हो । प्राय म्याचहरुमा कसिलो बलिङ गर्दै आएका यस आईपीएलमा भने ब्याट्सम्यानहरुले सम्मान दिएनन् ।

Dirghayu Ads

आईपीएलको अघिल्लो संस्करणमा सन्दीपलाई अन्तिम ३ म्याचमा मात्र मौका दिएको दिल्लीले यसपाली भने सुरुबाटै खेलाउने अनुमान थियो । तर, अघिल्ला दुई म्याचमा उनले बेन्चकै शोभा बढाए । दिल्लीले तेस्रो म्याचमा कलकत्ताविरुद्ध सन्दीपलाई खेलायो । त्यो खेलमा सन्दीपले सबैभन्दा किफायति बलिङ गरेका थिए । रनको वर्षा भएको म्याचमा सन्दीपले ४ ओभरमा २९ रन मात्रै खर्चिए र एक विकेट लिए । सुपर ओभरमा पुगेको सो म्याच दिल्लीले जितेको थियो ।

Sana Kishan

कलकत्ताविरुद्धको प्रदर्शनले सन्दीपलाई पञ्जावविरुद्ध सुरक्षित र्गयो । सो म्याचमा सन्दीपले शानदार प्रदर्शन गरे । ओपनर साम कुरान र मध्यक्रमका सरफराज खानको महत्वपूर्ण विकेट लिएका उनको प्रदर्शनले पञ्जाब ठूलो स्कोर बनाउन चुकेको थियो । उनले चार ओभरमा २७ रन मात्रै खर्चिए, जुन सबैभन्दा किफायती थियो । तर, दिल्लीले र्हायो । यदि जितेको भए सन्दीप म्यान अफ दि म्याचका दावेदार हुन सक्थे ।

सहज जिततर्फ उन्मूख भएको दिल्ली नाटकीयरुपमा पतन भएको थियो । दिल्लीलाई हराउने क्रममा कुरानले ह्याट्रिक विकेट लिएका थिए, जसमा अन्तिम विकेट सन्दीपकै थियो । यस प्रतियोगितामा सन्दीपले ब्याट समाएको यही एउटा मौका थियो, जसमा उनले एक बल पनि सामना गर्न सकेनन् ।
त्यसपछि सनराइजर हैदरावादविरुद्ध सन्दीपले चौथो खेल खेले, जसमा उनको औसत प्रदर्शन रह्यो । दिल्लीले पराजय व्यहोरेको खेलमा उनी ओपनिङ बलरकै रुपमा आएका थिए । ४ ओभरमा ३२ रन खर्चिएका सन्दीपले दिपक हुडाको विकेट लिए । खेलमा सन्दीपको तुलनामा दिल्लीका अन्य दुई स्पिनर अक्षर पटेल र राहुल टेवतियाको बलिङ राम्रो थियो ।

रोयल च्यालेन्जर्स्विरुद्ध सन्दीप जम्न सकेनन् । उनी अत्यधिक खर्चिलो बनेका थिए । खासगरी बिराट कोहली र मोइन अलीले सन्दीपलाई आक्रमणको तारो बनाएका थिए । चार ओभरमा ४६ रन खर्चिएका उनले मोइन अलीलाई आउट गरे । कंगिसो रबाडाले उत्कृष्ट बलिङ गर्दै चार विकेट लिँदै दिल्लीलाई जिताए ।
आरसीबीविरुद्ध खर्चिलो बनेपछि अर्को खेलमा दिल्लीले सन्दीपलाई बेन्चमा राख्यो । कोलकोत्ता नाइट राइडर्समाथि दिल्ली विजयी भयो । सनराइजर्स्विरुद्ध पनि सन्दीप प्लेइङ ११ मा परेनन् । यो खेल पनि दिल्लीले जित्यो । मुम्बई इन्डियन्सविरुद्ध पनि सन्दीप बेन्मै रहे । त्यो खेल भने दिल्लीले हा¥यो ।
त्यसपछि पञ्जावविरुद्ध सन्दीपले उत्कृष्ट पुनरागमन गरे । उक्त खेलमा उनले पञ्जाबका खतरनाक ओपनरहरु केएल राहुल र क्रिस गेललाई आउट गर्न सफल भए । त्यसैगरी मध्यक्रमका साम कुरानको विकेट पनि उनको पोल्टामा र्पयो । ४ ओभरमा ४० रन दिएका सन्दीप केही महंगो बने पनि उनले लिएका विकेटहरुले म्याचलाई दिल्लीको पक्षमा मोडेको थियो ।

दिल्लीले जितेको म्याचमा सन्दीप म्यान अफ द म्याचका दावेदार थिए । तर, ५८ रन बनाएका श्रीयस ऐरलाई सो अवार्ड दिइयो ।
पञ्जावविरुद्ध उत्कृष्ट प्रदर्शन गरे पनि राजस्थान रोयल्सविरुद्ध सन्दीपलाई खेलाएन । रोमाञ्चक म्याचमा दिल्लीले ६ विकेटको जित हासिल र्गयो । आरसीबीविरुद्धसन्दीप फेरि टिममा फर्किए । तर, त्यही खेल यस आईपीएलमा उनका लागि अन्तिम बन्यो । उक्त खेलमा सन्दीपले ३ ओभरमा ३६ रन खर्चिए पनि विकेट लिन सकेनन् । सन्दीपले कुनै पनि म्याचमा खेल्दा पूरा चार ओभर बलिङ गर्न नपाएको सम्भवः यो एक मात्र अवसर थियो ।
दिल्लीका अन्य दुई स्पिनर अक्षर पटेल र अमित मिश्रले उत्कृष्ट प्रदर्शन गर्दै दिल्लीलाई जिताए । स्पिन बलिङलाई सहयोग गरेको पीचमा पनि सन्दीप असफल भएपछि बाँकी खेलमा उनले अवसर पाएनन् ।

आईपीएलका कुनै पनि टिममा पर्न विदेशी खेलाडीलाई ४ वटा मात्र कोटा हुन्छ । एउटा म्याचमा प्रदर्शन अलि कमजोर भयो भने पनि अर्कोमा आफ्नो स्थान गुमाउनुपर्ने हुन सक्छ । सन्दीपलाई त्यस्तै भयो । उनको टिममा कोलिन मुन्रो, क्रिस मोरिस, कंगिसो रबाडा, कोलिन इन्ग्राम, किम पाउल, सेर्फेन रदरफोर्ड, ट्रेन्ट बोल्टजस्ता विदेशी खेलाडी छन् ।

सन्दीपको कमजोरी भनेको ब्याटिङ गर्न सक्दैनन् । मोरिस, किम पाउल, रदरफोर्ड जस्ता बलरहरुले थोरबहुत ब्याटिङ पनि गर्ने भएकाले टिमलाई त्यो प्लस प्वाइन्ट हुन्छ । त्यसैले आगामी दिनमा रेगुलर टिममा स्थान बनाउने हो भने सन्दीपले आफ्नो ब्याटिङमा पनि सुधार ल्याउनुपर्ने देखिन्छ ।

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.