सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

६ महिनापछि घरेलु क्रिकेटमा फर्किदैँ पारस

वैशाख २९ ।
आखिर नेपाली घरेलु क्रिकेटमा वान डेको सबैभन्दा ठूलो प्रतियोगिता प्रधानमन्त्री कपमा पारस खड्का पनि सहभागी हुने भएका छन, अर्थात् उनी प्रतियोगितामा डेब्यु गर्दैछन । विभिन्न बहानामा उनी केही वर्षयता केही ठूला प्रतियोगितामा अनुपस्थिति रहँदै आएका छन, तर अब उनले खेल्ने भएपछि यसपटकको प्रधानमन्त्री कपको रौनक नै बेग्लै हुनेछ ।
पारस झन्डै ६ महिनापछि घरेलु क्रिकेटमा फर्कन लागेका हुन । त्यो पनि फरक टिमबाट । यसअघि एपीएफका लागि खेल्दै आएका पारसले त्यो टिम छाडिसकेका छन् र अब खेल्ने छन, क्षेत्र नम्बर ३ बाट । यस पटकको ५० ओभरको प्रधानमन्त्री कप जेठ १ गते कीर्तिपुरमा सुरु हुँदैछ ।

Sana Kishan

नेपाली राष्ट्रिय टिमका कप्तान पारसले अन्तिम पटक पुसमा एभरेस्ट प्रिमियर लिग खेलेका थिए । त्यसयता उनले धनगढी प्रिमियर लिग पनि खेलेनन् न त राष्ट्रिय खेलकुदमै सहभागी भए । प्रधानमन्त्री कपमा पनि पारसको यो पहिलो सहभागिता हो । यो प्रतियोगिताका पछिल्ला दुई संस्करणमा पारस सहभागी थिएनन् ।

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.