सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

अष्ट्रेलियाको जागिर छाडेर मिस नेपालको ताज

काठमाडौं २७ वैशाख ।
यस वर्ष मिस नेपालको ताज पहिरिने अनुष्का श्रेष्ठको पहिचान केवल सौन्दर्यसँग मात्र जोडिएको छैन, विदेशिएको जनशक्तिले अब आफ्नै देशका लागि योगदान गर्नुपर्छ भन्ने सुन्दर भावनासमेत जोडिएको छ । बिहीबार बेलुका कीर्तिपुरमा अवस्थित एक स्कुलको ठूलो चौरमा टेन्टले बारेर ‘मिस नेपाल २०१९’को आयोजना भयो । पाँचतारे होटलमा सीमित ‘मिस नेपाल’ प्रतियोगिता यस वर्ष फरक स्थानमा पुगेको थियो

यसपटक ‘मिस नेपाल वल्र्ड २०१९’ को अर्को पनि विशेषता थपिएको थियो( मिस नेपालको आयोजना सुरु भएको २५ औं बर्ष अर्थात रजत जयन्ती । यसले गर्दा पनि आयोजकले ठूलो ठाउँमा दर्शकका लागि टिकटको व्यवस्था गर्नुपरेको थियो । २५ जना प्रतिस्पर्धीलाई जितेर मिस वल्र्ड नेपालकी विजेता बन्दै गर्दा अनुष्का श्रेष्ठका आँखा खुशीले रसाए । गत वर्षकी मिस नेपाल वल्र्ड २०१८ कि विजेता श्रृङख्ला खतिवडाले क्राउन लगाइदिँदै गर्दा अनुष्कामा हर्षका आँशु छचल्किए ।

आँशु न छचल्किउन् पनि किन ? अष्ट्रेलियामा बैंकको आकर्षक जागिर त्यागेर अनुष्का देशका लागि केही गर्ने अठोट बोकेर नेपाल छिरेकी थिइन् । मिस वल्र्ड नेपालको ताजले उनलाई अब देशका लागि केही गरेर देखाउने अवसर प्रदान गरेको छ ।

World Link Ads
Mahakali Polytechnic

को हुन् अनुष्का ?

Dirghayu Ads

काठमाडौंमा जन्मिएकी अनुष्का श्रेष्ठ पाँच वर्ष अगाडि उच्च शिक्षा हासिल गर्नका लागि अष्ट्रेलिया पुगेकी थिइन् ।
अष्ट्रेलियामा रहँदा पनि उनले आफ्नो प्रतिभालाई प्रष्फुटन गर्नका लागि कुनै असर बाँकी राखिनन् । २३ वर्षकी अनुष्काले सन् २०१८ को मिस नेपाल ओसिनियाको उपाधिसमेत जितेकी थिइन् ।

अनुष्का अष्ट्रेलियामा त्यहाँको नम्बर १ मानिने कमनवेल्थ बैंकको जागिरे थिइन् । तर, उनले यो प्रतिस्पर्धामा भाग लिन आउँदा जागिर छाडेकी थिइन् । धेरैले उनलाई यति राम्रो जागिर फेरि पाउन मुश्किल हुने भएकाले मिस नेपालमा सहभागी नहुन आग्रहसमेत गरेका थिए ।
तर, अनुष्काका लागि बैंकको जागिर भन्दा मिस नेपालको विजेता बन्ने हुटहुटी विशेष थियो । त्यसैले उनी नेपाल आइन् र नेपालकै सबैभन्दा ठूलो सौन्दर्य प्रतिस्पर्धा जितिन् ।

Sana Kishan

अष्ट्रेलियाको क्याथोलिक युनिभर्सिटीमा स्नातक अध्ययन पूरा गरेकी ५ फिट ४ इन्च अग्ली यी सुन्दरीले अब डिसेम्बरको ७ मा आयोजना हुन लागेको ‘मिस वर्ल्ड ‘को प्रतिस्पर्धामा आफूलाई सहभागी गराउनेछिन् । ‘मिस नेपाल २०१९’मा सहभागी हुन नेपाल आउनु अघि अष्ट्रेलियामा पत्रकारसँग कुराकानी गर्दै अनुष्काले आफू नेपाल गएर सामाजिक सेवामा लाग्ने बताएकी थिइन् ।

अष्ट्रेलियाबाट अनुष्काले भनेकी थिइन् ‘विदेशमा बस्ने मानिसहरुलाई एउटा आरोप के छ भने, हामी नेपाल नेपाल भन्दै कराउँछौ, तर देशका लागि केही पनि गर्दैनौं । म नेपालमा गएर सैद्धान्तिक रुपमा मात्र होइन, व्यवहारिक रुपमा नै काम गर्न चाहन्छु ।’
अनुष्काले यो पनि भनेकी थिइन ‘अष्ट्रेलियामा बसेर हामीले नेपालका विभिन्न स्थानका समस्या सुनेका छौं, बुझेका छैनांै । तर, म मिस नेपालको विजेता बने पनि नबने पनि ती स्थानमा पुगेर काम गर्न चाहन्छु ।’ अनुष्काले नेपालका विभिन्न स्थानमा पुगेर गर्न चाहेको समाजसेवामा अब उनले पाएको ताजले झनै ठूलो मद्दत गर्नेछ ।

अनुष्कालाई चुनौती

अनुष्काले मिस नेपाल वर्ल्ड २०१९ को ताज जितेर सबैको नजरमा परिरहँदा उनीमाथि चुनौतीका पहाड पनि छन् ।
गत वर्ष मिस वर्ल्डमा सहभागी हुन पुगेकी श्रृङ्खला खतिवडाले २ वटा सब(टाइलट जितेर मिस वर्ल्डमा नेपालीहरुको बलियो उपस्थितिको छनक दिएकी थिइन् । श्रृङ्खलाले पाएको त्यो सफलता र उनको चर्चाका पछाडि राजनीतिक पृष्ठभूमि जोडिएको चर्चा पनि भयो । तर, श्रृङ्खलाले त्यसबेला भनेकी थिइन्, ‘अब, मिस नेपालका आउँदा विजेतालाई मिस वर्ल्डमा पुग्न सहज भएको छ । हामीले त्यो बाटो खोलिदिएका छौं कि अब उनीहरुलाई नेपाल के हो भनेर चिनाइराख्नुपर्दैन ।’
श्रृङ्खलाले बोलेको त्यो कुरा अब अनुष्काका लागि चुनौती हो । किनकि, मिस नेपालले मिस वर्ल्डबाट त्यस्तो ठूलो सफलता नपाइरहेको अवस्थामा श्रृङ्खलाले केही आशा जगाएकी छिन् । अनुष्काले अब त्यसलाई जोगाउनु त छँदैछ, झनै ठूलो सफलता पाउन आवश्यक छ ।
त्यसैले, मिस नेपाल वर्ल्डको क्राउन लगाएर खुशी साटिरहेकी अनुष्काका लागि चुनौतीको पहाड पनि सँगसँगै खडा भएको छ । डिसेम्बरमा हुने मिस वर्ल्डमा अनुष्काले त्यो पहाड फोड्न सक्लिन् ? प्रतिक्षा गरौं ।

मिस नेपालको प्रतिस्पर्धाको यो पाटो आफ्नो ठाउँमा छँदैछ । तर, विदेशमा पढेर उहीँ आकर्षक जागिर खाइरहेकी अनुष्कामा स्वदेश फर्केर देशका लागि केही गर्ने जुन अठोट पलाएको छ, यो चाहिँ युवा पुस्ताका लागि थप प्रेरणाको विषय हो ।

आफूले गरेको प्रतिज्ञाअनुसार अब अनुष्का अब स्वदेशका कुना कन्दरातिर फर्किइन् भने पक्कै पनि यसले मुलुकलाई बस्न लायक बनाउने छ र युवाहरुको विदेश पलायनलाई निरुत्साहित गर्ने छ ।

अनुष्काले विहीबार मिस नेपाल वर्ल्ड २०१९ को ताज जितेपछि मिस नेपाल ओसिनियाकी आयोजक भूमा लिम्बु खुशी भएकी छिन् । लिम्बूले अष्ट्रेलियाबाट आफूहरुले पठाएको प्रतिनिधिले मिस नेपाल वर्ड जितेको भन्दै खुशी व्यक्त गरेकी हुन् ।
साभारःअनलाईन खबर

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.