सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

कञ्चनपुरमा जिल्ला फुटबल लिग हुने

महेन्द्रनगर २८ बैशाख ।
जिल्ला फुटबल संघको आयोजनामा कञ्चनपुरमा फुटबल लिग आयोजना हुने भएको छ । बुधबार बसेको जिल्ला फुटबल संघको बैठकले अगामी जेठमा जिल्ला लिग आयोजना गर्ने निणर्य गरेको हो ।

जिल्ला फुटबल संघ कञ्चनपुरका महासचिव रमेश चन्दले अगामी जेठ १५ देखि असार १५ गते भित्रमा जिल्ला लिग सञ्चालन गर्ने कार्यक्रम रहेको बताए । उनका अनुसार अखिल नेपाल फुटबल संघ(एन्फा) को निर्देशन अनुसार कञ्चनपुरमा जिल्ला लिग हुन लागेको हो ।

Sana Kishan

अखिल नेपाल फुटबल संघ एन्फामा आबद्ध देशका ४८ जिल्ला फुटबल संघलाई लिग प्रतियोगिता सञ्चालनका लागि एन्फाले परिपत्र गरिसकेको छ ।
जिल्ला फुटबल संघका अध्यक्ष गणेश बहादुर चन्दले जिल्ला संघ सँग आबद्ध १४ वटा फुटबल क्लब लिगमा सहभागी हुने जानकारी दिए ।

World Link Ads
Mahakali Polytechnic

उनले लामो समयपछि हुन लागेको जिल्ला लिग स्थानीय खेलाडीको क्षमता प्रष्फुटनका लागि राम्रो अवसर रहेको बताए ।
जिल्ला संघको अर्को बैठकबाट लिग सञ्चालनको समय र कार्यक्रम सार्वजनिक गरिने उनको भनाई छ ।

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.