सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

टी २० वरियतामा नेपाल अहिलेसम्मकै उत्कृष्ट स्थानमा, टेस्ट खेल्ने राष्ट्रलाई पनि उछिन्यो

आइसीसी को ताजा टी २० वरियतामा नेपालले ३ स्थान माथि उक्लेको छ। नेपाली क्रिकेट टिमले हाँसिल गरेको यो हालसम्मकै उच्च वरियता हो।

पछिल्लो पटक सार्वजनिक भएको आईसीसी वरियतामा नेपाल १४ औं स्थानमा रहेको थियो। आईसीसीले शुक्रवार सार्वजनिक गरेको ८० राष्ट्रहरु सम्मेलित टि-२० अन्तर्रास्ट्रिय वरियतामा नेपालले ३ स्थान फड्को मारेको हो। एकदिवसीय अन्तर्राष्ट्रिय वरियतामा भने नेपाल १४ औं स्थानमा रहेको छ।

टेस्ट राष्ट्रलाई पनि नेपाल भन्दा पछाडी
टि-२० अन्तर्राष्ट्रिय वरियतामा नेपालले ११ औं स्थान हाँसिल गर्दा टेस्ट राष्ट्र जिम्बाबे र आयरल्याण्ड नेपाल भन्दा पछाडी छन । जिम्बाबे १३ औं र आयरल्याण्ड १५ औं स्थानमा रहेको छ। नेपालको ८ खेलमा रेटिंग अंक २१२ रहेको छ भने जिम्बाबेको १९९ र आयरल्याण्डको १८२ रहेको छ। टी २० वरियताको पहिलो स्थानमा पाकिस्तान रहेको छ।

टी २० र्याँकिंग
१. पाकिस्तान
२. दक्षिण अफ्रीका
३. इंग्ल्याण्ड
४. अस्ट्रेलिया
५. भारत
६. न्यु जिल्याण्ड
७. अफगानिस्थान
८. श्रीलंका
९. वेस्ट इन्डिज
१०. बंगलादेश
११. नेपाल
१२. स्कटल्याण्ड
१३. जिम्बाबे
१४. नेदरल्याण्ड
१५. आयरल्याण्ड
१६. युएई
१७. पपुवा न्यु गिनी

Mahakali Polytechnic

गत वर्ष आईसीसीले सम्पूर्ण सदस्य राष्ट्रलाई टि-२० अन्तर्राष्ट्रिय मान्यता दिएको थियो जसपछि कुल १०४ टि-२० अन्तर्राष्ट्रिय राष्ट्र भएका थिए। सन् २०१६ मे महिना देखि कम्तिमा ६ वटा टि-२० अन्तर्रास्ट्रिय खेलेका टिमहरुलाई आईसीसीले ताजा वरियतामा स्थान दिएको छ।

World Link Ads

नेपालले अन्तिम पटक युएईसंग गत वर्ष माघमा टि-२० र एकदिवसीय अन्तर्राष्ट्रिय सिरिज खेलेको थियो जस अन्तर्गत नेपालले दुवै सिरिज २-१ ले जित्न सफल रहेको थियो। त्यस जित पछि नेपाल टि-२० अन्तर्राष्ट्रिय वरियतामा १४ औं र एकदिवसीय अन्तर्राष्ट्रिय वरियतामा १५ औं स्थानमा रहेको थियो।

Sana Kishan

सन् २०१४ को बंगलादेशमा सम्पन्न टि-२० विश्वकपमा टि-२० अन्तर्राष्ट्रिय डेब्यु गरेको नेपालले त्यसपछि २०१९ सम्म कुल १५ वटा टि-२० अन्तर्राष्ट्रिय खेलेको छ। १५ खेल मध्ये नेपालले ५ वटा खेलमा जित ९ खेलमा हार बेहोरेको छ भने एक खेल नतिजाविहिन रहेको थियो।

टि-२० अन्तर्राष्टियमा नेपालको हालसम्मको नतिजा

सन् २०१४ – ४ खेलमा २ जित र २ हार

बिरुद्ध हंगकंग – ८० रनले विजयी
बिरुद्ध बंगलादेश – ८ विकेटले पराजित
बिरुद्ध अफगानिस्थान – ९ रनले विजयी
बिरुद्ध हंगकंग – २ विकेटले पराजित

सन् २०१५ – ७ खेलममा १ जित र ६ हार

बिरुद्ध नेदरल्याण्ड – १८ रनले पराजित
बिरुद्ध नेदरल्याण्ड – १०३ रनले पराजित
बिरुद्ध नेदरल्याण्ड – १८ रनले पराजित
बिरुद्ध नेदरल्याण्ड – ३ विकेटले विजयी
बिरुद्ध आयरल्याण्ड – ८ विकेटले पराजित
बिरुद्ध हंगकंग – ५ विकेटले पराजित
बिरुद्ध पपुवा न्यु गिनी – ८ विकेटले पराजित

सन् २०१८ – १ खेल ( नतिजा विहिन )

बिरुद्ध नेदरल्याण्ड – नतिजाविहिन

सन् २०१९ – ३ खेलमा २ जित र १ हार

बिरुद्ध युएई – २१ रनले पराजित
बिरुद्ध युएई – ४ विकेटले विजयी
बिरुद्ध युएई – १४ रनले विजयी

Dirghayu Ads
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.