सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

यस्ता छन् तामाको भाँडामा राखेको पानी पिउनुका फाइदा

हिन्दु परम्परा अनुसार तामालाई पवित्र धातु मानिन्छ र वैदिक कार्यहरूमा तामाको भाँडालाई अनिवार्य रुपमा प्रयोग गरिन्छ। दैनिक जीवनमा समेत तामाको गाग्रीमा राखेको पानी पिउनु उत्तम मानिन्छ र गाउँघरतिर तामाकै गाग्रीमा पानी राखेर पिउने चलन अझैपनि छ।

धार्मिक हिसाबले मात्र होइन वैज्ञानिक अध्ययनहरूले समेत तामाको भाँडामा राखेको पानी पिउनु स्वास्थ्यका हिसाबले निकै फाइदाजनक रहेको देखाएका छन्।

Sana Kishan

आज हामी तपाईँलाई तामाको भाडामा राखेको पानी पिउनुका केही फाइदाहरू जानकारी गराउनेछौँ। तामाको भाँडामा राखेको पानी पिउनाले युरिक एसिडको समस्या कम हुन्छ र जोर्नीको दुखाइ कम गर्न रामवाण सिद्ध हुन्छ।

World Link Ads
Mahakali Polytechnic

तामाको भाँडामा राखेको पानीमा घुलेको तामा तत्वले शरीरमा थाइरोक्सिन हर्मोनमा नियन्त्रण गर्दछ। जसले थाइराइडको समस्या उत्पन्न हुन दिँदैन। तामाको भाँडोमा राखेको पानी पिउनाले एसिडिटि तथा पेटमा धेरै ग्यास उत्पन्न हुने समस्याबाट छुटकारा मिल्दछ र पाचन क्रिया पनि सुध्रिन्छ।

Dirghayu Ads

तामाको भाँडामा कम्तिमा पनि ८ घण्टासम्म राखेको पानी नियमित रुपमा पिउनाले रक्तअल्पता जस्ता समस्या कम हुन्छन्। तामाको भाँडामा राखेको पानी पिउनाले कोलेस्ट्रोलको मया कम हुन्छ र मुटु स्वस्थ राख्न सहयोग पुग्दछ । त्यसैले मुटुका रोगीहरूका लागि तामाको भाँडामा राखेको पानी नियमित रुपमा पिउनु फाइदाजनक हुन्छ।

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.