सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

अफगान खेलाडीको अर्को करामत : रसिदले लिए चार बलमा चार विकेट

काठमाडौं । तपाईं एउटा टी–२० खेलमा कति एक्सन हेर्न सक्नुहुन्छ ? आयरल्याण्डविरुद्धको सिरिजमा अफगानिस्तानले जे देखाइरहेको छ, त्यसलाई ‘कीर्तिमान’ को नाम मात्रै दिँदा सायद कथा अपूरो हुन्छ ।

आइतबार राति भएको खेलमा अफगानिस्नताका अलराउन्डर मोहम्मद नाबीले ३६ बलमा ८१ रन बनाए । उनले आधा इनिङ नै धाने । आयरल्यान्डका केभिन ओब्रायनले ४७ बलमा ७४ रन बनाएर त्यसको जवाफ दिए । उनले लगभग एक्लै आयरल्याण्डलाई खेलमा टिकाइ राखेका थिए ।

तर, अन्त्यमा रसिद खानको जादु अगाडि आयरल्यान्डको केही लागेन । खेलमा जम्मा ५ ओभर बाँकी थियो, रसिद खानले लगातार चार बलमा चार विकेट लिए ।

World Link Ads
Mahakali Polytechnic

समग्रमा ४० ओभरमा ३८८ रन बन्यो, २१० अफगानिस्तानले बनायो भने आयरल्याण्डले १७८ रन । अफगानिस्तानले तेस्रो टी–२० मा ३२ रनको जित हात पार्दै सिरिज ३–० ले क्लीन स्वीप गरेको छ ।

Dirghayu Ads
Sana Kishan

पहिले ब्याटिङ गरेको उसले २० ओभरमा ७ विकेट गुमाएर २१० रन बनायो । अघिल्लो खेलमा १६२ रनको नटआउट पारी खेलेका हजरतुल्ला जजाई ३१ रनमा आउट भए । तर, मोहम्मद नाबीले अफगानिस्तानको पारी सम्हाले । ३६ बलेका सामना गरेका उनले ६ चौका र ७ छक्का को मदतमा ८१ रन बनाए ।

जवाफमा मैदान उत्रिएको आयरल्याण्डको पारी ओब्रायन एक्लैले धानेका थिए । उनले दोस्रो विकेटका लागि एन्डी बालबेर्नीसँग ९६ रनको साझेदारी गरे । बालबेर्नी ४७ रनमा आउट भए । ओब्रायन भने क्रिजमा टिकिरहे ।

५ ओभर बाँकी थियो र आरयरल्याण्डलाई ६९ रन चाहिएको थियो । तर, १६ औं ओभरको अन्तिम बलमा केभिन ओब्रायनलाई पभेलियनको बाटो देखाएका रसिदले १८ औं ओभरको सुरुवाती तीन बलमा लगातार विकेट लिएका हुन् । टि–२० अन्तर्राष्ट्रियमा लगातार चार बलमा विकेट लिने उनी विश्वमै पहिलो बलर बनेका छन् ।

आयरल्याण्डले २० ओभरमा ८ विकेट गुमाएर १७८ रन बनाउन सक्यो र सिरिज अफगानलाई सुम्पियो ।

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.