सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

तपाईको यो साता कस्तो छ ? हेर्नुहोस् फागुन (१२-१८ ) साप्ताहिक राशिफल

मेष
आर्थिक परिवर्तनमूलक सप्ताह हुनेछ । अपेक्षाभन्दा बढी सहयोगी फेला पर्नेछन्, तर खर्च गर्न कन्जुस्याइँ नगर्नुहोला । अपरिचित व्यक्तिबाट व्यवसायको प्रस्ताव प्राप्त हुन सक्ने सम्भावना छ, हतार नगरी निर्णय गर्नुहोला । राति अबेरसम्मको भेटघाटमा नोक्सानी हुनसक्छ । साताको अन्त्यमा गरिने भ्रमणबाट खाली हात फर्कनुपर्ने छैन ।

वृष

मनको चञ्चलपनमा वृद्धि हुनेछ । रोकिएका कार्य सम्पन्न भै आर्थिक समस्या स्वतः समाधान हुनेछ । मांगलिक कार्यको तिथिमिति तोकिने सम्भावना टरेको छैन । मनका भावना आदानप्रदान गर्ने मित्र फेला पर्नेछन् । पारिवारिक मतको कदर गर्नुहोला । रमणीय यात्रा तथा किनमेलमा खर्च गर्नुपर्ने हुन सक्छ ।

World Link Ads
Mahakali Polytechnic

मिथुन

Dirghayu Ads

समयमै होश नपुर्‍याउँदा कैयौं राम्रा अवसर फुत्किने सम्भावना छ । कर्जा थपिने सम्भावना छ । दुबो रङ्गको प्रयोगले विशेष फाइदा हुन सक्छ । चिसोसम्बन्धी समस्याले स्वास्थमा प्रतिकूल प्रभाव पार्न सक्छ । सप्ताहन्त रमाइलोसँग बित्नेछ ।

कर्कट

मन पराउनेहरूको सपना साकार तुल्याउन थप मेहनतको आवश्यकता छ । भावना आदानप्रदानले प्रेमी–प्रेमीकाहरूलाई अझ नजिक बनाउन सहयोग गर्नेछ । उदाहरणको पात्र बनी सहपाठीहरूमाझ चर्चित भइनेछ । सामाजिक क्षेत्रमा नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्ने हुनसक्छ । स्वदेशमै नयाँ अवसर प्राप्त गर्न धेरै समय कुर्नुपर्नेछैन ।

सिंह

मेहनतपूर्वक गरिएको कार्यले सराहनीय काम गर्न सक्ने व्यक्तित्वमा छनौट भइनेछ । रोजगारीको अवसर फुत्कन सक्छ, समयमै सचेतना अपनाउनुहोला । काममा ढिलाइ तथा अन्योलताले उन्नतिको मार्ग अवरुद्ध हुने सम्भावना छ । होसियारीपूर्वक गरिएको कार्यबाट पर्याप्त धन आर्जन गर्न सकिनेछ । सुनौलो रंगको पहिरनले परिणाम नजिक पुग्न मद्दत गर्नेछ ।

कन्या

प्रेमी–प्रेमिकाले मनका कुरा खोल्न ढिलाइ गर्न सक्छन् । मन पराउनेहरूको सुझाव लाभदायक नै हुनेछ । आवेशमा गरिएको कामले उल्टो परिणाम दिन सक्छ । पहेंलो रंग शुभ छ । वैदेशिक अवसर हात पार्न साथीहरूको सुझाव अनुसरण गर्नुहोला । भोजभतेरमा सहभागी हुँदा खानपानमा ध्यान पुर्‍याउनुपर्नेछ ।

Sana Kishan

तुला

अधुरा चाहनाहरू पूरा गर्ने समय आएको छ । आर्थिक क्षेत्रमा प्रभुत्व जमाई अपेक्षा गरेजस्तै लाभ लिन सकिनेछ । घरायसी व्यवहार अभिभावकलाई जिम्मा दिनुमै तपाईंको कल्याण छ । ठूलाबडाको निर्णयले आफ्नो अवसरको ढोका खोल्न सहयोग पुर्याउनेछ । विपरीत लिङ्गी साथी आफूप्रति आकर्षित भएको अवस्था छ ।

वृश्चिक

प्रेमप्रस्ताव प्राप्त हुनसक्छ, ध्यान पुर्‍याएर निर्णय गर्नुहोला । योजना तर्जुमा गर्दा ज्येष्ठ व्यक्तिको सुझाव लिनु नै आफ्नो हितमा हुनेछ । अनुशासन तथा लगनशीलताका कारण प्रतिष्ठा प्राप्त हुनेछ । साताको अन्त्यमा आफूले गरेको कामको परिणामसमेत हात लाग्नेछ । स्वास्थ्यमा विशेष ध्यान दिनुहोला ।

धनु

तपाईंको जिद्दीले फाइदा पुर्‍याउनेछैन् । यो साता योग तथा शारीरिक कसरतमा बढी समय खर्चनुपर्नेछ । हाड–नशासम्बन्धी समस्याले सताउन सक्छ । सूर्य नमस्कारले फाइदा दिनेछ । खानपानमा फेरबदल भै शरिरिक दुर्बलता देखा पर्न सक्छ । पारिवारिक सर–सल्लाहमा मतभेदको स्थिति भए पनि अभिभावकहरूको प्रस्ताव नै निर्णायक हुनेछ ।

मकर

साना किसिमका लगानीबाटै प्रशस्त धन आर्जन गर्न सकिनेछ । मांगलिक कार्यमा खर्च गर्नुपर्ने हुँदा आवश्यक खर्चको जोहो गर्नुपर्नेछ । स्वास्थसम्बन्धी समस्याबाट स्वतः मुक्ति पाइनेछ । सामाजिक क्षेत्रमा कार्य गर्ने अवसर जुट्नेछ । ढिलै भए पनि प्रतिष्ठा प्राप्त हुनेछ ।

कुम्भ

मेहनत गर्दा जीवनशैलीले नयाँ फड्को मार्न सक्छ । कुरा काट्नेहरूले तपाईको चियोचर्चो गर्न छाड्ने छैनन् । अभिभावकहरूको सुझावअनुरूप चल्न सके ईर्ष्या गर्नेहरूलाई पछि पार्न सकिनेछ । प्रेमिकाले नयाँ अवसर प्राप्त भएको खबर सुनाउँदा हर्षित भइनेछ । विभिन्न स्थानको भ्रमणमा समय खर्चनुपर्ला । अध्ययनका क्रममा विदेश यात्राको साइत तय हुन सक्छ ।

मीन

पहेंलो रंगको पहिरनमा प्रस्तुत हुँदा प्रैमी–प्रेमिकाहरू बढी आकर्षित हुनेछन् । प्रलोभन देखाउनेहरूसँग जोगिने प्रयास गर्नुहोला । मंगलबारपछिका दिनमा विविध अवसर प्राप्त हुनसक्छ । साथीहरूको सुझाव आत्मसात् गर्दा पुरस्कृत हुने सम्भावना छ । सवारी चलाउँदा संयम अपनाउनुहोला ।

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.