आईसीसी महिला टी–२० तथा एकदिवसीय विश्वकप अन्तर्गत एशिया क्षेत्रीय छनोटमा नेपालले चाैथो खेल आज हङकङसँग खेल्दैछ ।
थाइल्याल्याण्डमा हुने यो खेल नेपाली समय अनुसार दिउँसो सवा १२ बजेबाट सुरु हुनेछ । प्रतियोगितामा तीन खेलमा दुईमा जित निकालेको नेपाल चिरप्रतिद्वन्द्वी हङकङलाई पराजित गर्दै आफ्नो जितको यात्रालाई कायम राख्न चाहन्छ । थाइल्याण्डसँग पराजित भएपछि शीर्ष स्थानमा रहने यात्रामा धक्का पुगेको नेपालले आज हङकङलाई हराउन सकेमा तेस्रो स्थानमा उक्लने छ ।
![Sana Kishan](https://sudurpashimkhabar.com/wp-content/uploads/2021/01/Sana-Kishan-scaled.jpg)
नेपाललाई शीर्ष स्थानमा पुग्नका लागि थाइल्याण्ड कुनै टिमसँग पराजित हुनुपर्नेछ । तीन खेलबाट नेपाल प्रतियोगिताको चौथो स्थानमा छ । थाइल्याण्ड शीर्ष स्थानमा छ ।
![World Link Ads](https://sudurpashimkhabar.com/wp-content/uploads/2023/09/Blue-And-White-Creative-modern-Grow-Your-Business-Leaderboard-Ad.gif)
![Mahakali Polytechnic](https://sudurpashimkhabar.com/wp-content/uploads/2024/06/महाकाली-बहुप्राविधिक-शिक्षालय.gif)
यता हङकङले अहिलेसम्म जित निकाल्न सकेको छैन । उसले खेलेका तीन खेलमा तीनैमा पराजित भएको छ । त्यसैले पनि नेपालविरुद्धको खेलमा उसले पहिलो जित निकाल्ने लक्ष्यमा हुनेछ ।
![Purnagiri Ads](https://sudurpashimkhabar.com/wp-content/uploads/2023/07/Brown-Minimalist-Fashion-Leaderboard-Ad.gif)