सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

धनगढी प्रिमियर लिगमा अत्तरियाका कप्तान दीपेन्द्र सिह ऐर ‘गोल्डेन बुट’ जित्न सफल

शनिबार धनगढीमा सम्पन्न सर्वाधिक धनराशिको क्रिकेट प्रतियोगिता तेस्रो धनगढी प्रिमियर लिगको उपाधि अत्तरियाले जितेसङ्गै प्रतियोगिताको मस्ट भ्यालुएबल प्लेयरको उपाधि पनि अत्तरियाका कप्तान दिपेन्द्र सिह ऐरीले जितेका छ्न ।

मस्ट भ्यालुएबल प्लेयर बनेका दिपेन्द्र सिह ऐरीले गोल्डेन बुट (सुनको जुत्ता) प्राप्त गरेका छ्न । प्रतियोगिताको उपाधि पहिलोपटक अत्तरियालाई दिलाएका दीपेन्द्र सिह ऐरीले ७ खेलमा १ सय ६८ रन बनाउनुको साथै १० विकेट लिएका थिए ।

Sana Kishan

त्यसैगरी प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै म्यान अफ द सिरिज बनेका भारतिय खेलाडीले बेस्ट ब्याट्सम्यानको उपाधि समेत जिते । सन्नीले ७ खेलमा ६ पटक ब्याटिङ गर्ने मौका पाउँदा कुल २ सय २ रन बनाएका थिए भने बलिङमा पटेलले ९ विकेट लिएका थिए । सन्निले बेस्ट ब्याट्सम्यान मार्फत रु एक लाख र म्यान अफ द सिरीज बाफत २ लाख प्राप्त गरे ।

World Link Ads
Mahakali Polytechnic

त्यसैगरी प्रतियोगितामा सिवाईसी अत्तरियाका भुवन कार्की बेस्ट बलर बनेका छ्न ।भुवनले प्रतियोगिता १४ विकेट लिएका थिए । बेस्ट बलर बनेका भुवन कार्किले नगद १ लाख हात पारे ।

Dirghayu Ads

प्रतियोगिताको उपाधि भने शरद भेषावकरको कप्तानिमा रहेको महेन्द्रनगर युनाईटेडलाई ३ विकेटले पराजित गर्दै दीपेन्द्र सिह ऐरीको कप्तानिमा रहेको सिवाईसी अत्तरियाले उचालेको हो । उपाधि सङ्गै अत्तरियाले ट्रफी सहित नगद ३० लाख पाउदा उप-विजेता बनेको महेन्द्रनगरले टफ्री सहित नगद १२ लाख प्राप्त गरेको छ ।

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.