सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

अफगानिस्तानद्वारा टि-२० क्रिकेटमा विश्व रेकर्ड कायम ,बन्यो अहिलेसम्मकै उच्च स्कोर

अफगानिस्तान र आयरल्यान्ड बिच जारी तिन खेलको टि-२० सिरिज अन्तर्गत शनिबार भएको दोस्रो खेलमा अफगानिस्तानले ब्याटिङमा नयाँ विश्व रेकर्ड कायम गरेको छ ।

आयरल्यान्ड विरुद्ध बिस्पोटक ब्याटिङ गर्दौ अफगानिस्तानले निर्धारीत २० ओभरमा ३ विकेट गुमाएर २७८ रनको उच्च योगफल तयार पारेको थियो । अफगानिस्तानले बनाएको २७८ रनको योगफल अहिलेसम्मकै कुनै पनि टिमले बनाएको सर्वाधिक स्कोर मध्ये सबैभन्दा उच्च योगफल हो । यस अघि सन २०१६ मा अस्ट्रेलियाले श्रीलंका विरुद्ध बनाएको २६३ रन नै सर्वाधिक योगफल थियो । साथै अफगानिस्तानले सन २०१७ मा आयरल्यान्ड विरुद्ध बनाएको २३३ रनको स्कोर अफगानिस्तानको अन्तर्राष्ट्रिय टि-२० मा उच्च योगफल थियो ।

Sana Kishan

भारतको देहरादुनमा आज शनिबार अफगानिस्तानले टि-२० अन्तर्राष्ट्रिय क्रिकेटमा विश्व कृतिमान राख्ने योगफल बनाउदा ब्याटिङमा अफगानिस्तानको लागि हज्रतुल्लाह जजाईले पनि विस्पोटक ब्याटिङ प्रदर्शन गरेका थिए । ६२ बलको सामना गरेका जजाईले १६ छ्क्का र ११ चौका सहित अविजित १६२ रनको पारी खेले भने उस्मन घानिले पनि ४८ बलमा ७८ र महोम्मद नाबिले पनि ५ बलमा १७ रनको महत्त्वपूर्ण योगदान दिएका थिए ।

World Link Ads
Mahakali Polytechnic

बलिङतर्फ आयरल्यान्डका जोसु लिटिल ,बोयड र्याकिङ र पेटर चेजले समान १-१ विकेट लिएका थिए ।

Dirghayu Ads

साझेदारीमा विश्व रेकर्ड –
अफगानिस्तानको ब्याटिङमा हज्रतुल्लाह जजाई र उस्मन घानि बिच पहिलो विकेटको लागि २३६ रनको महत्त्वपूर्ण साझेदारी गरेका थिए जुन अन्तर्राष्ट्रिय टि-२० मा कुनैपनि विकेटको लागि भएको सर्वाधिक रनको साझेदारी पनि हो । यस अघि जिम्बावे विरुद्ध अस्ट्रेलियाका अरुन फिन्च र जेम सर्ट बिच पहिलो विकेटको लागि २३३ रनको साझेदारी भएको थियो ।

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.