सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

डिपिएल : रोमान्चक बनेको खेलमा एक बल बाकी छदै जित्यो सिवाईसी अत्तरियाले उपाधि

धनगढी प्रिमियर लिग डिपिएलको तेश्रो सस्करणको उपाधि सिवाईसी अत्तरियाले जितेको छ। फाईनलमा महेन्द्रनगर युनाईटेडलाई ३ विकेटलाई हराउँदै अत्तरिया च्याम्पियन भएको हो। महेन्द्रनगरले दिएको १ सय २४ रनको लक्ष्य अत्तरियाले १९ दशमलव ५ ओभरमा पुरा ग¥यो। अत्तरियालाई जिताउने क्रममा सन्नी पटेलले अविजित ४७ रनको पारी खेले। यस्तै जयकिशन कोल्सावालाले ३० र कप्तान दिपेन्द्रसिह ऐरीले १७ रन बनाए। बलिङमा महेन्द्रनगरका मोहमद नाविद र सागर ढकालले २÷२ तथा अविनास बोहरा र सहाव आलमाले १÷१ विकेट लिए।

Sana Kishan

यसअघि टस जितेर व्याटिङ गरेको महेन्द्रनगरले निर्धारित २० ओभरमा अलआउट हुँदै १ सय २३ रन बनायो। उस्का लागि दिलिप नाथले ४३, कुशल मल्लले २५, रोहित कुमार पौडेलले २४ र मोहमद नाविदले १० रन बनाए। बलिङमा अत्तरियाका दिपेन्द्रसिह ऐरी र दिपेन्द्र रावतले समान २÷२ तथा कन्नी पटेलले १ विकेट लिए। महेन्द्रनगरका ५ ब्याट्सम्यान रन आउट भएका थिए।

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.