सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

डीपीएल फाइनलमा आज महेन्द्रनगर र अत्तरिया भिड्दै, कसले मार्ला बाजी?

धनगढी । तेस्रो संस्करणको धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेटको फाइनल खेल आज (शनिबार) हुँदैछ ।

फाप्ला क्रिकेट मैदानमा अपरान्ह १२ः३० मा सुरु हुने फाइनल खेलमा महेन्द्रनगर युनाईटेड र सीवाईसी अत्तरियाले प्रतिस्पर्धा गर्नेछन् । पहिलो पटक डीपीएलको फाइनल पुगेका दुवै टोली उपाधि जित्ने लक्ष्यसहित मैदान उत्रने छन् ।

महेन्द्रनगर दोस्रो क्वालिफायर्समा काठमाडौं गोल्डेन्सबाट वाक ओभर पाएर पहिलो पटक फाइनलमा पुगेको हो । आफ्ना खेलाडीलाई कारबाही गरेको भन्दै काठमाडौंले खेल बहिस्कार गरेपछि महेन्द्रनगरले अत्तरियासंगको भेट पक्का गरेको हो ।

World Link Ads
Mahakali Polytechnic
Sana Kishan

काठमाडौंलाई नै हराएर फाइनल पुगेको अत्तरिया जारी प्रतियोगिताकै सर्वाधिक बलियो टिम देखिएको छ । अत्तरियाले प्रतियोगितामा उच्च प्रदर्शन गरिरहेको छ । महेन्द्रनगरविरुद्ध अत्तरिया त्यहिँ प्रदर्शनलाई कायम राख्दै पहिलो पटक डीपीएलको ट्रफी उचाल्न चाहन्छ ।

Dirghayu Ads

महेन्द्रनगरविरुद्ध अत्तरियालाई समूह चरणमा व्यहोरेको हारको बदला लिने अवसर समेत हुनेछ । समूह चरणमा अत्तरिया महेन्द्रनगरसंग ७ विकेटले पराजित भएको थियो ।

यस संस्करणको विजेताले ट्रफीसहित ३० लाख नगद पुरस्कार पाउनेछन् । यस्तै उपविजेताले १२ लाख, तेस्रो हुनेले ४ लाख र चौथो हुने टोलीले २ लाख नगद पुरस्कार पाउने छन् ।

प्रतियोगिताको गोल्डस्टार मोस्ट भ्यालुएबल प्लेयरले (सुनको जुत्ता), म्यान अफ द सीरिज, वेस्ट ब्याट्सम्यान र बेस्ट बलरलाई समेत पुरस्कारको व्यवस्था गरिने आयोजकले जनाएको छ ।

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.