पाकिस्तान सुपर लिग क्रिकेट पीएसएलमा सन्दीपले आफ्नो डेब्यु खेललाई सम्झना लायक बनाएका छन् ।
हालै बिग ब्याश खेलेर फर्किएका सन्दीपले पीएसएलमा लाहोर कलन्दर्सबाट आज डेब्यु गरेका हुन् । पछिल्ला तीन खेल छोडेका सन्दीपले डेब्यु खेलमै महत्वपूर्ण तीन विकेट लिएर तहल्का मचउन सफल भए ।
![Sana Kishan](https://sudurpashimkhabar.com/wp-content/uploads/2021/01/Sana-Kishan-scaled.jpg)
मुल्तानसुल्तानले लाहोरमाथि रनको पहाड खडा गर्ने क्रममा बलिङमा आएका सन्दीप पहिलो ओभरमा भने पिटिएका थिए । पहिलो ओभरमा १७ रन खाएका सन्दीपले दोस्रो र तेस्रो र चौथो ओभरमा महत्वपूर्ण तीन विकेट लिए । दोस्रो ओभरमा उनले लाहोरो क्वालन्दर्सलाई पहिलो सफलता दिलाएका थिए ।
![World Link Ads](https://sudurpashimkhabar.com/wp-content/uploads/2023/09/Blue-And-White-Creative-modern-Grow-Your-Business-Leaderboard-Ad.gif)
![Mahakali Polytechnic](https://sudurpashimkhabar.com/wp-content/uploads/2024/06/महाकाली-बहुप्राविधिक-शिक्षालय.gif)
उमर सिद्धिकी र जेम्स भेन्सका बीचमा पहिलो विकेटका लागि भएको पीएसएलकै सर्वाधिक ठूलो साझेदारीलाई तोड्न सफल भए । उनको बलमा ११।५ औं ओभरमा ८४ रन बनाएर क्रिजमा रहेका जेम्स भेन्सलाई फकर जमामको हातबा क्याच आउट गराएका थिए । व्यक्तिगत तेस्रो ओभरमा सन्दीपले सोयब मलिकलाई आउट गरे ।
![Dirghayu Ads](https://sudurpashimkhabar.com/wp-content/uploads/2024/06/Dirghayu.gif)
यसैगरी अन्तिम ओभरमा उनले आन्द्रे रसेललाई आउट गर्दै डेब्यु खेलमै महत्वपूर्ण तीन विकेट लिन सफल भए । उनले समग्रमा ४६ रन दिए । लाहोरका तर्फबाट अहिलेसम्म कुनै पनि स्पिनरले विकेट लिन नसकेका बेला सन्दीपले त्यो खडेरी पनि तोडे । यसअघिका तीन खेलमा मिडियम पेसर बलरले मात्र विकेट लिएका थिए ।
![Purnagiri Ads](https://sudurpashimkhabar.com/wp-content/uploads/2023/07/Brown-Minimalist-Fashion-Leaderboard-Ad.gif)