सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

मेयरकोषको रकमबाट बेसहारालाई सहयोग गर्दै मेयर ओझा

डडेल्धुरा । अमरगढी नगरपालिकाका नगरप्रमुख विशेश्वर प्रशाद ओझाले केहि समय अघि स्थापना गरेको मेयर कोषबाट यति बेला गरिब तथा बेसहारा नागरिकलाई सहयोग गरिरहेका छन् । उनले आफुले पाउने सेवा सुविधाको रकमबाट कैलालीको धनगढी उप महानगरपालिकामा रहेको दृष्टी फाउन्डेसनमा रहेका बेवारिसेहरुलाई सहयोग गरेका छन् ।

उनिहरुलाई नगरप्रमुख ओझाले चामल, दाल, नुन, तेल, चिउरा लगायतका खाद्यान्न वितरण गरेका हुन् । बेसहारा दुखिको सेवामा समर्पित ओझाले सामाग्री वितरण गर्दा दृष्टी फाउन्डेसनमा रहेका बेसहारा नागरिकलाई सजिलो भएको छ ।

Sana Kishan

मेयर ओझाले सेवा सुविधाबाट यसरी गरिब तथा बेसहारालार्इ सहयोग गर्न पाउदा धेरै खुसी लागेको सुनाउनु भयो । यस अघि मेयर ओझाले विद्यालयमा अक्षयकोष स्थापना, गरिव तथा वेसहारालाई सहयोग, शैक्षिक सामाग्री वितरण, न्यानो लुगा वितरण लगायतका काम गर्दै आउनु भएको थियो ।

World Link Ads
Mahakali Polytechnic

यसरी मानविय सेवाले ओतपोत ओझा यस्ता सामाजिक कार्यमा निकै नै सक्रिय देखिएका छन् ।

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.