सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

डीपीएल उपाधिका लागि अत्तरिया र महेन्द्रनगरको भिडन्त

कैलालीको धनगढीमा जारी डीपीएल क्रिकेट प्रतियोगिता काठमाडौं गोल्डेन्सले बहिष्कार गरेको छ । उसका अनुभवी बलर अंकित दबासलाई बलिङ प्रतिबन्ध लगाएपछि आज हुने महेन्द्रनगर युनाइटेडँसगको दोस्रो क्वालिफायर बहिष्कार गरेको हो ।

योसँगै डीपीएलको उपाधिका लागि शनिबार सिवाईसी अत्तरिया र महेन्द्रनगर युनाइटेड भिड्ने भएका छन् ।

Sana Kishan

नियमविपरित बलिङ गरेको भन्दै काठमाडौंका महत्वपूर्ण खेलाडी समेत रहेका अंकित दबासलाई डीपीएलमा प्रतिबन्ध लागेपछि काठमाडौं आयोजकसँग रुष्ट बनेको थियो । जारी प्रतियोगितामा उत्कृष्ट फर्ममा रहेका दबासले १५३ रन बनाउँदै शीर्ष स्थानमा छन् भने बलिङतर्फ पनि ६ विकेट लिइसकेका छन् ।

World Link Ads
Mahakali Polytechnic

कुनै खेलाडीको बलिङमा शंका लागेको खण्डमा ब्यापक अनुसन्धानपछि मात्र प्रतिबन्धको निर्णय लिइने भए पनि अध्ययन अनुसन्धान विना नै प्रतिबन्ध लगाइएको काठमाडौं गोल्डेन्सको आरोप छ ।

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.