सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

काठमाडौंले गर्यो डीपीएल बहिस्कार, महेन्द्रनगर सिधै फाइनलमा प्रवेश

काठमाडौं । काठमाडौं गोल्डेन्सले क्वालिफायर खेल बहिस्कार गरेपछि महेन्द्रनगर युनाइटेड धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेट प्रतियोगिताको फाइनल प्रवेश गरेको छ ।

शुक्रबार क्वालिफायर खेलका लागि निर्धारित समयमा काठमाडौं गोल्डेन्सका खेलाडी मैदानमा नआएपछि अफिसियलहरुले महेन्द्रनगरलाई विजेता घोषणा गरेका हुन् । तोकिएको समयमा काठमाडौं गोल्डेन्स मैदान प्रवेश नगरेपछि अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी)को नियमअनुसार महेन्द्रनगरलाई विजेता घोषित गरेको रेफ्री समीर खानले जानकारी दिए ।

Sana Kishan

यसअघि बिहीबार काठमाडौं गोल्डेन्सका अलराउन्डर विदेशी खेलाडी अंकित दबासलाई डीपीएलको टुर्नामेन्ट टेक्निकल कमिटीले आगामी खेलमा प्रतिबन्ध लगाउने निर्णय गरेको थियो ।

World Link Ads
Mahakali Polytechnic

काठमाडौंले त्यसकै विरोधमा खेल बहिस्कार गरेको हो । उसले शुक्रबारको क्वालिफायर मात्रै नभएर कुनै पनि संस्करण नखेल्ने घोषणा गरेको छ ।

Dirghayu Ads

अब डीपीएलको फाइनलमा महेन्द्रनगरले सीवाईसी अत्तरियासँग खेल्नेछ ।

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.