आईसीसी महिला टी–२० विश्वकपको एसिया क्षेत्रीय छनोटमा नेपालले जितका साथ प्रतियोगिता सुरुवात गरेको छ ।
आज भएको खेलमा नेपालले मलेसियालाई ३४ रनले हरायो । थाइल्याण्डको बैककमा जारी खेलमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ५ विकेट गुमाउँदै एक सय २६ रन बनायो ।
बलियो सुरुवात गरेको नेपालले पहिलो विकेटका लागि ४६ रनको साझेदारी गरेको थियो । तर काजल श्रेष्ठ १६ रनमा आउट भएपछि नेपालले पहिलो विकेट गुमायो । त्यसपछि नेपालले ७१ रन बनाउँदा दोस्रो विकेट खेर फाल्यो । नेपालकी इन्दु बर्मा १३ रनमा आउट भइन् ।
![World Link Ads](https://sudurpashimkhabar.com/wp-content/uploads/2023/09/Blue-And-White-Creative-modern-Grow-Your-Business-Leaderboard-Ad.gif)
![Mahakali Polytechnic](https://sudurpashimkhabar.com/wp-content/uploads/2024/06/महाकाली-बहुप्राविधिक-शिक्षालय.gif)
![Sana Kishan](https://sudurpashimkhabar.com/wp-content/uploads/2021/01/Sana-Kishan-scaled.jpg)
त्यसपछि नेपालका लागि आक्रामक पारी खेलिरहेकी सिता रानामगर ४२ रनमा बोल्डआउट हुँदा नेपालको स्कोर ९६ रन थियो । त्यसपछि पनि नेपाली खेलाडी नेरी थापा र रुबिना क्षेत्रीले नेपालको पारीलाई अगाडि बढाउन प्रयास गर्दा नेरी मात्र ६ रनमा रनआउट भइन् । जसका कारण नेपालले एक सय १५ रनमा चौथो विकेट गुमायो । नेपालका लागि कप्तान रुबिना क्षेत्रीले अविजित ३३ रनको योगदान गरिन् ।
![Dirghayu Ads](https://sudurpashimkhabar.com/wp-content/uploads/2024/06/Dirghayu.gif)
जवाफमा मलेसिया २० ओभरमा सात विकेट गुमाउँदा ९२ रनमा रोकियो । नेपालले मलेसियालाई सुरुवात देखि नै दबावमा राख्न सफल भयो । उसको स्कोर ५ रन हुँदा पहिलो विकेट लिन सफल भयो भने १० रन हुँदा दोस्रो विकेट झार्यो । उसकी ओपनर यस्रिना याकोव ५ रनमा आउट भइन भने सोइ एईलाई खाता खोल्न नपाउँदै रनआउट भइन् ।
त्यसपछि तेस्रो विकेटका लागि मलेसियाले ४३ रनको साझेदारी गर्दै सम्हालिने प्रयास गरेको थियो । तर उसको स्कोर ५३ रन हुँदा क्रिस्टियन बारेटलाई करुण भण्डारीले २१ रनमा आउट गरिन् । त्यसपछि उसले अरु १२ रन थप्दा २ विकेट गुमायो । जसमा कप्तान विनफ्रेइड १८ रनमा आउट भइन् भने मासा इलिसा मात्र ६ रनमा पेभेलियन फर्किइन् । यस्तै वान जुलीया पनि मात्र ८ रनमा आउट भएपछि उसको स्कोर ७६ रन थियो । त्यसको लगत्तै जामीका अज्मी पनि मात्र तीन रनमा पेभेलियन फर्किइन् ।
बलिङमा नेपालका लागि करुणा भण्डारी र सरिता मगरले दुई-दुई विकेट लिए ।
![Purnagiri Ads](https://sudurpashimkhabar.com/wp-content/uploads/2023/07/Brown-Minimalist-Fashion-Leaderboard-Ad.gif)