सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

यी मध्ये कुनै एकमात्र गुण हुने व्यक्ति हुन्छन् अरुभन्दा उत्कृष्ट

एजेन्सी । हिन्दू धर्ममा मानिसको गुणलाई विशेष महत्व दिइने गरिन्छ। यदी तपाईमा पनि यी गुण मध्ये कुनै एक गुण छ भने दोस्रो व्यक्ति भन्दा खास अलग मानिनु हुन्छ।

अर्थात तपाईको व्यक्तित्व निकै उत्कृष्ट मानिनु हुन्छ। हाम्रो शास्त्रमा केही यस्ता गुणका बारेमा बताइएको छ, जसमध्ये एक गुण मात्र माइने मानिस विशेष मानिन्छन्। जुन व्यक्तिमा यो गुण पाइन्छ, उनीहरुको जीवन पूर्ण मानिन्छ।

जानिराखौँ कुन हुन् ती गुण
मित्रता
जुन व्यक्तिले सजिलै दोस्रो व्यक्तिको मनमा आफ्नो स्थान बनाउन सक्छ, त्यस्ता गुण भएका व्यक्ति निकै भाग्यमानी मानिन्छ। किनकी मित्रतालाई नै जीवनको सबैभन्दा ठूलो पूजी मानिन्छ।

World Link Ads
Mahakali Polytechnic

नीति
हरेक व्यक्तिको जीवनमा कुनै नियम हुन आवश्यक छ। नीति नियमको पालना गर्ने मानिस कहिलै पनि गतल काम गर्न मन पराउँदैनन्। यिनीहरु समाजमा सम्मानका पात्र बन्ने गर्दछन्।

Dirghayu Ads
Sana Kishan

वीरता
कयौँ व्यक्ति दोस्रोको डर र धम्कीका कारण गलत काम गर्न बाध्य हुने गर्दछन् । त्यसैले निडरताका साथ आफ्नो कुरा भन्ने र साचो बोल्ने गुण व्यक्तिमा हुन आवश्यक छ।

क्षमा
क्षमा अर्थात माफी दिनु मानिसको सबै भन्दा खास गुण मानिन्छ। जुन व्यक्तिले दोस्रो व्यक्तिको गल्तिको माग गर्ने गर्दछ, यस्ता व्यक्तिको जीवनमा सधै सुख र शान्ति हुने गर्दछ।

लाज
जुन व्यक्तिभित्र लाज हुने गर्दछ, त्यस्ता व्यक्तिले दोस्रो व्यक्तिका सामु नराम्रो बोल्ने गर्दैन्। त्यसैले हरेक व्यक्तिमा लाज हुनु पर्दछ।

उद्योग
उद्योगको गुणलाई धन कमाउने कलाका रुपमा लिइन्छ। यो मानिसको सबै भन्दा अहम गुण मानिने गरिन्छ। यस्ता गुण हुने व्यक्ति सही बाटोमा हिँडेर परिवारलाई सुखको जीवन दिन सक्ने गर्दछन्।

दया
व्यक्तिमा दोस्रो व्यक्तिका लागि दयाको भाव हुन आवश्यक छ। शास्त्रका अनुसार उदार स्वभावका व्यक्तिप्रति भगवान पनि सधै प्रसन्न हुने गर्दछन्।

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.