सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

विश्वकपपछि क्रिस गेलले एकदिवसीय क्रिकेटबाट सन्यास लिने

वेष्ट इन्डियन खेलाडी क्रिस गेलले आसन्न विश्वकपपछि एकदिवसीय क्रिकेटबाट सन्यास लिने घोषणा गरेका छन् । विश्व क्रिकेटमा विस्फोटक ब्याट्सम्यान गेलले इंग्ल्याण्ड र वेल्समा हुने विश्वकप क्रिकेटपछि आफूले एकदिवसीय फरम्याटबाट बिदा हुने बताएका छन् । ३९ वर्षीय बाँया हाते ब्याट्सम्यान गेलले एक दिवसीय क्रिकेटमा नौ हजार सात सय २७ रन पुर्‍याएका छन् । उनी वेष्ट इन्डिजका लागि धेरै रन बनाउने दोस्रो खेलाडी हुन् ।
वेष्ट इन्डिजका लागि ब्रायन लाराले सबै भन्दा धेरै रन बनाएका छन् । सन् १९९९ मा राष्ट्रिय टिममा डेब्यू गरेका गेलले २८४ खेल खेलका छन् । आउँदो बुधबारबाट हुने इंग्ल्याण्ड विरुद्धको ५ एकदिवसीय सिरिजका लागि गेल टिममा परेका छन् । गेलले करियरको अन्तिममा विश्वकप जितेर बिदाइ हुन पाए त्यो भन्दा खुसीको क्षण केही नहुने बताए । एकदिवसीय क्रिकेटमा गेलले २३ वटा सतक बनाएका छन् । जसमा उनको उच्च स्कोर दुई सय १५ रन रहेको छ ।
उनले यो स्कोर २०१५ मा जिम्बावेविरुद्ध गरेका थिए । जुन एकदिवसीय क्रिकेटमा चौथो उच्च स्कोर हो । यसका साथै उनले पार्टटाइम स्पिनरका हिसाबले पनि एकदिवसीय एक सय ६५ विकेट लिएका छन् । सन् २००४ मा इंग्ल्याण्डमा भएको च्याम्पियन्स ट्रफिको उपाधि वेष्ट इन्डिजले जित्दा उनी टिमको महत्वपूर्ण सदस्य रहेका थिए ।

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.