सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

डिपिएलः अत्तरियाको लगातार दोस्रो जित, रुपन्देहीको पहिलो हार, दुईटैको प्ले अफमा पुग्ने सम्भावना कायमै

सिवाईसी अत्तरियाले तेस्रो संस्करणको रुस्लान धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेटमा लगातार दोस्रो जित निकालेको छ । आज भएको खेलमा रुपन्देही च्यालेन्जर्सलाई ३९ रनले पराजित गर्दै अत्तरियाले लगातार दोस्रो जित निकालेको हो । टस जितेर पहिले ब्याटिङ गर्दै अत्तरियाले पुरै २० ओभर खेल्दै ९ विकेट गुमाएर १ सय २१ रन बनायो । अत्तरियाका लागि कप्तान दिपेन्द्रले ६७ रनको अर्धशतकीय ईनिङस खेले । ४२ बलमा अर्धशतक पुरा गरेका दिपेन्द्रले ५० बलमा १० चौका र १ छक्का प्रहार गरे । खराब सुरुवात गर्दै १६ रन जोड्दा २ विकेट गुमाईसकेको अत्तरियाका लागि कप्तान दिपेन्द्रले तेस्रो विकेटका लागि रित गौतमसंग मिलेर ५७ रनको साझेदारी गर्दै टोलीको इनिङस उकासेका थिए । रित १२ रनमा आउट भए । यस्तै अत्तरियाका सन्नी पटेल र सुवेन्धु पाण्डेले समान १२/१२ रन बनाए । रुपन्देहीका ललित सिंह भण्डारीले ३ तथा विक्रम सोवले २ विकेट लिए । बसन्त रेग्मी र पुनित मेहेराको नाम १/१ विकेट रह्यो ।

Sana Kishan

फाप्ला क्रिकेट मैदानमा दिपेन्द्र सिंह ऐरीको कप्तानीमा रहेको अत्तरियाले दिएको १ सय २२ रनको लक्ष्य सहित जवाफी ब्याटिङ गरेको रुपन्देही २० ओभरमा सवै विकेट गुमाउँँदै ८२ रनमा समेटियो । बसन्त रेग्मीको कप्तानीमा रहेको रुपन्देहीका लागि सुमित महर्जनले सर्वाधिक २२ रन बनाए । यस्तै सन्दीप सुनारले १५ तथा प्रदिप ऐरी र विक्रम सोवले समान १४/१४ रन बनाए । विनोद भण्डारी १० रनमा आउट भए । रुपन्देहीलाई सस्तैमा समेट्न अत्तरियाका सन्नी पटेल, भुवन कार्की, दिपेन्द्र सिंह ऐरी र दिपेन्द्र रावतले समान २/२ विकेट लिए ।

जितसंगै अत्तरियाले २ खेलबाट ४ अंक जोडेको छ । अत्तरियाले प्ले अफ पुग्ने सम्भावना बलियो बनाएको छ । पहिलो खेलमा अत्तरियाले धनगढी स्टार्सलाई पराजित गरेको थियो । रुपन्देहीको भने यो पहिलो हार हो । अघिल्ला दुई खेलमा लगातार जित निकालेको रुपन्देहीले ४ अंक जोडेको छ । रुपन्देहीको पनि प्ले अफ सम्भावना रहेको छ । रुपन्देहीले पहिलो खेलमा महेन्द्रनगर र दोस्रो खेलमा विराटनगरलाई हराएको थियो ।

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.