सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

डिपिएल : लगातार दोश्रो खेल जित्दै रुपन्देही अंक तालिकाको शिर्ष स्थानमा

धनगढी प्रिमियर लिग डिपिएलमा रुपन्देही लगातार दोश्रो जित हात पारेको छ । प्रतियोगिताको दोश्रो दिन आज भएको दोश्रो खेलमा विराटनगलाई ५ विकेटले पराजित गर्दै लगातार दोस्रो जित दर्ता गरेको हो । विराटनगरले टस जितेर पहिले व्याटिङ गरि निर्धारित २० ओभरमा ९ विकेटको क्षतीमा ९३ रन मात्र बनाउन सकेको थियो ।

Sana Kishan

राजेश पुलामी मगरले १७, अब्दुल्लाह खानले १६, कुशल भुर्तेलले १२ र सम्साद शेखले १० रन बनाउन बाहेक अरुले राम्रो प्रर्दशन गर्न सकेनन । बलीङमा रुपन्देहीका पवन मेहराले ३, ललित राजबंशी र बसन्त रेग्मीले समान २÷२ विकेट लिए। ९४ रनको विजयी लक्ष्य सहित मैदान उत्रिएको रुपन्देहीले १३ दशमलव १ ओभरमा ५ विकेट गुमाउँदै लक्ष्य भेटायो।

उस्का लागि पवन मेहराले ४६, बाबर हयातले १७, भमि सार्कीले अविजित १२ र बसन्त रेग्मीले अविजित ८ रनको योगदान दिए। बलिङमा विराटनगरका अविनास यादवले २ विकेट लिए। लगातार दोश्रो जितसंगै रुपन्देही ४ अंक सहित अंक तालिकाको शिर्ष स्थानमा उक्लिएको छ।

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.