सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

हुर्रे !! भारतविरुद्ध नेपाल २ गोलले अगाडि (शक्दो शेयर गरौ )

काठमाडौं । भारतको उडिसामा जारी हिरो वुमेन्स गोल्डकपमा नेपालले आयोजक भारतविरुद्ध २ गोलको अग्रता लिएको छ । पाँचौं महिला साफ च्याम्पीयनसिपलाई केन्द्रित गरी हिरो वुमेन्स गोल्डकपमा सहभागि नेपालले सावित्रा भण्डारीको गोलमार्फत् दुई गोलको अग्रता बनाएको हो ।

खेलको पाँचौ मिनेटमा पहिलो गोल गरेकी सावित्राले लगत्तै दुई मिनेटपछि अर्को गोल गरेकी छन् । पहिलो खेलमा म्यानमारसँग पराजय भोगेको नेपाल भारतविरुद्धको खेलमा विशेष रणनीतिसहित मैदान उत्रिएको छ । साफअघि एकअर्काको कमजोरी पत्ता लगाउने र टोलीको कमजोर पक्ष सुधार गर्ने दुवै टोलीको रणनीति छ ।

पछिल्लो समय नेपाल र भारतबीच कात्तिकमा म्यानमारमा ओलम्पिक छनोटमा प्रतिस्पर्धा भएको थियो । जहाँ नेपालले भारतलाई १–१ को बराबरीमा रोकेको थियो । उडिसास्थित कालिंगा रंगशालामा खेल भइरहेको छ ।

World Link Ads
Mahakali Polytechnic
Sana Kishan

साफ च्याम्पीयनसिप र ओलम्पिक छनोटलाई केन्द्रित गर्दै भारतले आयोजना गरेको चार राष्ट्र सम्मिलित हिरो वुमेन्स गोल्डकपमा आयोजक भारतसहित नेपाल, म्यानमार र इरान सहभागी छन् ।

Dirghayu Ads

घरेलु टोलीविरुद्ध मैदान उत्रँदा नेपालको लक्ष्य पहिलो जितको खोजीमा हुनेछ । पहिलो खेलमा म्यानमारसँग ३–० गोलले पराजित नेपाललाई भारतविरुद्धको खेल जित्नै पर्ने दबाब छ । आजको खेलमा पराजित भएको खण्डमा नेपालको शीर्ष दुईमा पुग्ने सम्भावना कमजोर बन्नेछ ।

प्रतियोगितामा एक-एक जित निकालेको भारत र म्यानमारको समान तीन÷तीन अङ्क छ । नेपाल र इरानले अङक जोड्न सकेका छैनन् । राउण्ड रोविन आधारमा हुने खेलमा शीर्ष दुईले फाइनल खेल्ने छन् ।
nepaltrending.com

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.