सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

भाषण गर्दागर्दै बेहोस भएका गाउँपालिका अध्यक्षको निधन

काठमाडौं । कार्यक्रममा मन्तव्य दिँदा दिँदै अचेत भएका पाँचथरस्थित फाल्गुनन्द गाउँपालिकाका अध्यक्ष अमरकुमार नेम्बाङको निधन भएको छ। गाउँपालिकामा आयोजित एक कार्यक्रममा शनिबार अध्यक्ष नेम्बाङले भाषण गरेका थिए। भाषण सकिएलगत्तै उनी ढलेका थिए।

जनप्रतिनिधिका लागि क्षमता अभिवृद्धि तालिममा प्रमुख अतिथिका रूपमा सहभागी नेम्बाङले मन्तव्य राखेका थिए। तर, मन्तव्य सकिनेवित्तिकै आफ्नो सिटमा बस्न नपाउँदै उनी अचेत भइ ढलेका थिए।

Sana Kishan

अचेत अवस्थामा पुगेका नेम्बाङको होस नआइ ज्यान गएको हो। मञ्चमै बेहोस भई ढलेका गाउँपालिका अध्यक्षलाई स्थानीयले उपचार गर्न खोजे पनि उनको मृत्यु भएको थियो।

World Link Ads
Mahakali Polytechnic

उनी मधुमेह र रक्तचापका बिरामी रहेको बुझिएको छ। नेम्बाङ कांग्रेसको तर्फबाट गाउँपालिका अध्यक्षमा निर्वाचित भएका थिए।

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.