सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

युएइलाई जितेर फर्केका पुत्र पारसबारे पिता मोहन खड्काको ‘कमेन्ट्री’ (भिडियो)

काठमाडौं। युएइमा एक दिवसीय र टि–२० सिरिज जितेर नयाँ इतिहास बनाएको नेपाली क्रिकेट टोली सोमबार काठमाडौं फर्कियो। नेपाली टोलीलाई स्वागत गर्न त्रिभुवन विमानस्थलमा समर्थकको घुँइचो नै लाग्यो।

नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान पारस खड्काका हजुरबुवा प्रेमबहादुर खड्का र पिता मोहन खड्का पनि स्वागतका लागि विमानस्थल पुगेका थिए। नेपाली टोली विमानस्थलबाट बाहिरिनुअघि पारसका पिता मोहन र हजुरबुवा प्रेमबहादुर समर्थकसँग खुसी साट्दै पर्खेर बसेका थिए।

पारसका बुवा मोहनसँग एयरपोर्टमै डिसी नेपालले भिडियो संवाद गरेको छ। आफ्नो छोराको नेतृत्वमा रहेको नेपाली क्रिकेट टिमले दिलाएको सफलताले सिंगो देश हर्षित हुन पाएको भन्दै आफूहरुलाई गौरवको अनुभूति भएको उनले बताए। यो नेपालको लागि एकदमै ठूलो उपलब्धी भएको पनि उनले थपे। नेपालले यो सिरिज जितेपछि बिभिन्न ठाउँबाट आफूहरुलाई बधाई पनि आएको बताए। पुत्र पारसकाबारे पिता मोहनले केही नयाँ तथ्यहरु पनि खुलाएका छन्।

डिसी नेपालसँगको भिडियो संवादमा पिता मोहनले पुत्र पारसमा सकारात्मक सोच भएको र खेलको समयमा कुनै पनि प्रकारको तनाव नलिने स्वभावबारे चर्चा गरे। त्यही कारणले पारस सफलता सहित अगाडि बढेको उनको बुझाइ छ।

Mahakali Polytechnic

पारसका पुराना दिन सम्झँदै छोरा स्कुल टुर्नामेन्टमा प्रथम हुँदा आफू सबैभन्दा खुशी भएको उनले बताए। त्यही सफलताबाट प्रेरित पारस लगातार खेल क्षेत्रमा सफलता हासिल गर्दै अघि बढिरहेका उनले खुलाए। खेल क्षेत्रमा स्थापित भइसकेका पारस यदि खेल क्षेत्रमा नलागेको भए डाक्टर पढाउने योजना बनाएको पनि उनले बताए।

World Link Ads

हेर्नुस् कप्तान पारसका पितासँगको यो भिडियो संवादः

Sana Kishan

Dirghayu Ads
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.