न्यूजिल्याण्डविरुद्धको दोस्रो टी–२० क्रिकेटमा भारत ७ विकेटले विजयी भएको छ ।
योसँगै तीन वटा टी–२० प्रतियाेगिताकाे सिरिजमा भारत र न्यूजिल्याण्डले एक एक खेल जितेका छन् । अब आइतबार हुने अन्तिम खेलको नतिजाले सिरिजको छिनोफानो हुने छ ।
१५९ रनको लक्ष्य पछ्याएको भारतले ७ बल बाँकी छँदै लक्ष्य पूरा गरेको थियो । भारतको जितमा रिषभ पन्त ४० तथा महेन्द्रसिंह धोनी २० रनमा नट आउट रहे ।
![World Link Ads](https://sudurpashimkhabar.com/wp-content/uploads/2023/09/Blue-And-White-Creative-modern-Grow-Your-Business-Leaderboard-Ad.gif)
![Mahakali Polytechnic](https://sudurpashimkhabar.com/wp-content/uploads/2024/06/महाकाली-बहुप्राविधिक-शिक्षालय.gif)
![Sana Kishan](https://sudurpashimkhabar.com/wp-content/uploads/2021/01/Sana-Kishan-scaled.jpg)
रोहित शर्मा र शिखर धवनले ७९ रनको ओपनिङ साझेदारी गर्दै बलियो सुरुआत दिलाएका थिए । अर्धशतक बनाउँदा रोहित शर्मा आउट भएपछि ३० रन जोडेका शिखर धवन पनि पेभेलियन फर्किँदा भरतले खातामा ८८ रन जोडेको थियो ।
![Dirghayu Ads](https://sudurpashimkhabar.com/wp-content/uploads/2024/06/Dirghayu.gif)
यसैगरी, तेस्रो विकेटको रुपमा विजय शंकर ८ रन बनाउँदै आउट भएपछि क्रिजमा रहेका रिषभ पन्त र महेन्द्रसिंह धोनीले खेल जिताएका हुन् ।
त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको न्यूजिल्याण्डले निर्धारित ओभरमा ८ विकेट गुमाएर १५८ रन बनाएको थियो । न्यूजिल्याण्डका कोलिन ग्राण्डहोमले अर्धशतकीय पारी खेल्दा रस टेलरले ४२ रन बनाएका थिए । भारतका क्रुणाल पाण्ड्याले ३ तथा खलिल अहमदले २ विकेट लिएका थिए ।
![Purnagiri Ads](https://sudurpashimkhabar.com/wp-content/uploads/2023/07/Brown-Minimalist-Fashion-Leaderboard-Ad.gif)