सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

डीपीएल तेस्रो संस्करणको ट्रफी सार्वजनिक, वर्षाले उद्घाटन खेल नै प्रभावित हुन सक्ने (हेर्नुहोस फोटोहरु )

कैलाली – धनगढी प्रिमियर लिगको तेस्रो संस्करण रुस्लान डीपीएल–३ को ट्रफी सार्वजनिक गरिएको छ । शनिबारदेखि सुरु हुने धनगढी प्रिमियर लिग तेस्रो संस्करणको ट्रफी  शुक्रबार सार्वजनिक गरिएको हो ।

शुक्रबार धनगढीमा एक कार्यक्रमका बीच लिग आयोजक धनगढी क्रिकेट एकेडेमीका अध्यक्ष सुवास शाही र डीपीएलका सद्भावना दूत जोन्टी रोड्सले संयुक्त रुपमा ट्रफी सार्वजनिक गर्नुभयो ।

World Link Ads
Mahakali Polytechnic

Dirghayu Ads

यस वर्ष पनि गएको वर्षसँगै विजेता टोलीलाई आकर्षक ट्रफी र प्रतियोगिताका ‘मोस्ट भ्यालुएबल’ खेलाडीलाई सुनको जुत्ता रहेको छ । ट्रफी सार्वजनिक गर्दै सद्भावना दूत जोन्टी रोड्सले आफू डीपीएल हेर्नका लागि निकै उत्साहित भएको बताउनुभयो ।

Sana Kishan

वर्षाले प्रतियोगिता प्रभावित हुन सक्ने

मैदानमा हुने प्रतियोगिताको तयारी पूरा भए पनि वर्षाका कारण खेल शनिबारदेखि हुने सम्भावना भने न्यून रहेको छ ।

बिहीबार बिहानदेखि परेको पानीका कारण मैदान हिलाम्मे भएको छ । धनगढी क्रिकेट एकेडेमीका अध्यक्ष सुवाश शाहीले आज साँझ ५ बजे टिम क्याप्टेन, अफिसियल र प्राविधिक टोलीको छलफलले भोलिको उद्घाटन खेल हुने–नहुनेबारे निष्कर्ष निकाल्ने जानकारी दिनुभयो ।

उज्यालो अनलाईनबाट

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.