सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

‘श्रीमतीबाट पीडित हूँ’ भन्दै सम्बन्ध विच्छेद गर्न नब अदालत पुग्छ पुरुषको लर्को ! हेर्नुहोस पुरा नालीबेली

श्रीमानबाट श्रीमती पीडित भएको गुनासो समाजमा बढिरहेका बेला पछिल्लो समय पाल्पामा श्रीमती पीडित पुरुषहरु पनि सम्बन्धित निकायमा पुग्न थालेका छन् ।

श्रीमतीबाट पीडित हूँ भन्दै पुरुष सम्बन्धविच्छेदका मुद्दा दर्ता गराउन अदालत जाने गरेका छन् । विविध कारण देखाउँदै पुरुष स्वयं जिल्ला अदालतमा न्यायका लागि जान थालेका हुन् ।

विशेषगरी वैदेशिक रोजगारमा रहेका श्रीमान् श्रीमती पीडित भएको भन्दै न्यायकोे बाटो खोज्दै अदालतमा पुगेका छन् । वैदेशिक रोजगारीका क्रममा श्रीमती परपुरससँग सम्बन्ध स्थापित गर्नु, वैदेशिक रोजगारीमा कमाएको धन हिनामिना गर्नुजस्ता कारण देखाउँदै पुरुषले सम्बन्ध विच्छेदको मुद्दा दर्ता गराएको पाइन्छ ।

World Link Ads
Mahakali Polytechnic
Sana Kishan

चालू आर्थिक वर्षको ६ महिनाको अवधिमा जिल्लामा सम्बन्धविच्छेदका १२२ मुद्दा दर्ता भएका छन् । त्यसमध्ये ८७ महिला र ३५ पुरुषले सम्बन्ध विच्छेदका लागि जिल्ला अदालत पाल्पामा पुगेर मुद्दा दर्ता गराएका छन् ।

Dirghayu Ads

हुन त यो तथ्याङ्कले पुरुषको तुलनामा महिलाको सङ्ख्या दोब्बर बढी देखिन्छ । तर जिल्लामा हिजोको अवस्था र अहिलेको अवस्थालाई हेर्दा सम्बन्ध विच्छेदका लागि पुरुषको सङ्ख्या धेरै बढ्दो क्रममा छ । नयाँ मुलुकी संहिता लागू भएपछि सम्बन्ध विच्छेदका मुद्दा लिएर पुरुष जिल्ला अदालत धाउन थालेका हुन् ।

भदौ १ गतेबाट नयाँ मुलुकी संहितासम्बन्धी ऐन प्रचलनमा आएपछि पुरुषले पनि अदालतमा सम्बन्ध विच्छेदका लागि मुद्दा दर्ता गराउन पाइने व्यवस्था छ । सोहीअनुसार सम्बन्ध विच्छेदको मुद्दा दर्ता गराउन जाने गरेका छन् । पुस मसान्तसम्म दर्ता भएका १२२ मुद्दामध्ये ५९ मुद्दा फछ्र्यौट भएको जिल्ला अदालत पाल्पाका तहसीलदार भेषराज खनालले जानकारी दिनुभयो ।

दर्ता भएका मुद्दामध्ये ६३ फछ्र्यौट हुन बाँकी छ । गतवर्ष जिल्लामा १३३ सम्बन्ध विच्छेदका मुद्दा दर्ता भएको थियो । महिलाहरु मानसिक यातना, घरेलु हिंसा, अपहेलनाजस्ता समस्या लिएर मुद्दा दर्ता गराउन पुग्ने गरेको कार्यालयले जनाएको छ ।

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.