सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

मलेसियामा ९ नेपालीसहित एक सय विदेशी कामदार पक्राउ, कारण यस्तो छ !

काठमाण्डौ – मलेसियामा ९ जना नेपालीसहित एक सय जना विदेशी कामदार पक्राउ परेका छन् ।

अवैधानिक रुपमा काम गरिरहेका, कागजात नभएका र सम्झौता अवधि सकिएपछि पनि काम गरिरहेका विदेशी कामदारलाई मलेसियाको अध्यागमन विभागले पक्रिएको हो । पक्राउ पर्नेमा ९ जना नेपाली, ६८ जना बंगलादेशी, ३६ जना इण्डोनेसियन र ७ जना म्यानमारका नागरिक रहेको मलेसियाका सञ्चारमाध्यमले जनाएका छन् ।

Sana Kishan

उनीहरुमध्ये केहीसँग कागजात नभएको र केही सम्झौता अवधिभन्दा धेरै बसेको पाइएपछि पक्राउ गरिएको समाचारमा उल्लेख छ । बिहीबार सिटी सेन्टरमा अध्यागमका कर्मचारीले जाँच गर्दा उनीहरु पक्राउ परेका हुन् । कानुन उल्लङघन गर्नेहरु विरुद्ध कारवाही गरिने मलेसियाको अध्यागमन विभागले जनाएको छ ।

World Link Ads
Mahakali Polytechnic

विभागले देशमा अवैधानिक रुपमा रहेका कामदारहरुलाई पक्राउ गर्ने क्रम जारी रहेको भन्दै यो क्रमलाई निरन्तरता दिने पनि बताएको छ । मलेसियामा आफ्नो देशमा अवैधानिक रुपमा रहेका कामदारलाई वैधानिक बन्न वा देश फर्किन दुई पटक मौका दिएको थियो ।

Dirghayu Ads

त्यसपछि वैधानिक नबनेका कामदारलाई पक्राउ गर्ने अभियान सुरु गरेको हो । गएको जनवरी महिनामा ५ हजार ९१ जना अवैधानिक कामदार र उनीहरुलाई काम दिने ८३ जना रोजगारदातालाई पक्राउ गरिएको अध्यागम विभागको भनाई छ ।

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.