सुदूरपश्चिम खबर
sudurpashimkhabar.com

डिपिएल क्रिकेट : पुरस्कार राशीमा २० प्रतिशतले बृद्धि

धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेट प्रतियोगिताको तेस्रो संस्करणको विजेता टोलीले ३० लाख रुपैयाँ पुरस्कार प्राप्त गर्ने भएको छ ।

प्रतियोगिताको आयोजक धनगढी क्रिकेट एकेडेमीले आज धनगढीको फाप्ला क्रिकेट मैदानमा पत्रकार सम्मेलन गरी पुरस्कारको राशी खुलाएको हो ।

मोफसलको प्रतियोगितामा यो पुरस्कार राशी अहिलेसम्मको सबैभन्दा बढी हो । यसअघि, डीपीएल दोस्रो संस्करणको विजेतालाई २५ लाख प्रदान गरिएको थियो ।

World Link Ads
Mahakali Polytechnic

यस वर्षको डीपीएल टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको पुरस्कारमा ६० लाख खर्च गर्न लागेको एकेडेमीका अध्यक्ष सुबास शाहीले जानकारी दिए ।

Dirghayu Ads

प्रतियोगिताको उपविजेता टिमलाई यसवर्ष १२ लाख पुरस्कार दिइने छ ।

Sana Kishan

यसैगरी, तेस्रो हुने टिमलाई ४ लाख र चौथो स्थान प्राप्त गर्ने टिमलाई पनि २ लाख पुरस्कार प्रदान गर्ने अध्यक्ष शाहीले जानकारी दिए ।

प्रतियोगिताको गोल्डस्टार मोस्ट भ्यालुएबल खेलाडीलाई सुनको जुत्ता, हरेक खेलका म्यान अफ द म्याचलाई नगद १५ हजार र हरेक खेलको पहिलो छक्का समात्ने दर्शकलाई पनि नगद १० हजार पुरस्कार प्रदान गर्ने जनाइएको छ ।

प्रतियोगिताको अनुमानित लागत पाँच करोड रहेको छ । आउँदो माघ २६ गतेबाट धनगढी स्थित फाप्ला क्रिकेट मैदानमा हुने प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको आयोजकले जानकारी दिएको छ ।

मैदान तथा प्राविधिक व्यवस्थापनको काम सकिए पनि सजावटको काम भने बाँकी रहेको छ । उक्त मैदानमा पहिलो पटक ५ वटा पिच निर्माण गरिएको छ ।

यसैगरी, पाँच हजार दर्शक क्षमताको अस्थायी प्याराफिट समेत निर्माण गरिएको छ । धनगढी प्रिमियर लिगमा ६ वटा टिमले सहभागिता जनाउँदै छन् । इमेज खबर

Purnagiri Ads
Indreni
सम्वन्धित समाचार
New digital House
जवाफ छाड्नुस्

Your email address will not be published.