कञ्चनपुर – देशैभर आज (मङ्गलबार) ४३ औं बिपी स्मृति दिवस विभिन्न कार्यक्रमहरूको आयोजना गरी मनाइएको छ।
यसै सन्दर्भमा नेपाली कांग्रेस वेदकोट नगर समितिले पनि बिपी स्मृति दिवस मनाएको छ। स्मृति दिवसको अवसरमा वेदकोट नगर समितिले वेदकोट–७, रौटेलामा रहेको वृद्धाश्रममा फलफूल वितरण गरेको छ।
नगर समितिका सचिव अमृत बोहराका अनुसार वृद्धाश्रममा रहेका वृद्ध आमाबुवाहरूसँग भेटघाट गरी तथा फलफूल वितरण गरी यो दिवस मनाइएको हो।
वेदकोट नगर सभापति तुलाराम शाहुको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा सुदूरपश्चिम प्रदेश सरकारका आर्थिक मामिला मन्त्री बहादुर सिंह थापा प्रमुख अतिथि रहनुभएको थियो।
यसका साथै प्रदेश, जिल्ला, नगर तथा वडाका पदाधिकारी लगायतको बाक्लो उपस्थिति रहेको थियो।
नेपाली कांग्रेस वेदकोट नगर समितिले प्रत्येक वर्ष बिपी स्मृति दिवसको अवसरमा सामाजिक कार्य गर्दै आईरहेको छ।










Discussion about this post