Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

७० वर्षे उमेर हद र दुई कार्यकालको सीमा हटाउने एमालेको निर्णय, विद्या भण्डारीबारे मतभेद

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
साउन ४, २०८२
७० वर्षे उमेर हद र दुई कार्यकालको सीमा हटाउने एमालेको निर्णय, विद्या भण्डारीबारे मतभेद

काठमाडौँ, ३ साउनः नेपाल कम्युनिष्ट पार्टी (एमाले) पार्टी मुख्यालय च्यासलमा शनिबार नेकर्पा (एमाले) पोलिटब्युरो बैठकलाई सम्बोधन गर्नुहुँदै नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली । सौजन्य तस्बिरः नेकपा एमालेको पार्टी मुख्यालय÷रासस

0
SHARES
29
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ — नेकपा (एमाले) ले पार्टी नेतृत्वमा उमेर र कार्यकालको सीमा हटाउने गरी विधान संशोधन प्रस्ताव पारित गरेको छ । शुक्रबार सुरु भएको पोलिटब्युरो बैठकले ७० वर्षे उमेर हद र दुई कार्यकालको सीमालाई हटाउने प्रस्ताव अनुमोदन गरेको हो ।

उपाध्यक्ष विष्णु पौडेलद्वारा प्रस्तुत विधान संशोधन मस्यौदालाई प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले सार्वजनिक गर्दै पार्टीमा अब सङ्गठित र साधारण गरी दुई प्रकारका सदस्यता व्यवस्था लागु गरिने जानकारी दिए । त्यस्तै, जिल्ला कमिटीलाई कार्यकारी अधिकार दिइने प्रस्ताव पनि पारित गरिएको छ ।

बैठकमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पार्टीमा सक्रिय भूमिकाबारे गम्भीर छलफल भएको थियो । अधिकांश नेताहरूले पूर्वराष्ट्रपतिलाई सक्रिय राजनीतिमा ल्याउनु उचित नहुने धारणा राखेका थिए । भण्डारीलाई तत्काल अध्यक्ष बनाउनु नपर्ने मत पनि प्रस्ट रूपमा देखिएको थियो ।

यद्यपि पोलिटब्युरो सदस्य आनन्द पोखरेलले भने भण्डारीलाई निषेध नगरी खुलेर पार्टीमा स्वागत गर्नुपर्ने धारणा राख्दै, उहाँजस्ता व्यक्तिहरूलाई पार्टीको मजबूतीका लागि उपयोग गर्न नेतृत्वलाई आग्रह गरे ।

बैठकमा गोरख बोगटी, अग्नि खरेल, भीम आचार्य, मुकुन्द न्यौपाने, गोकुल बास्कोटा, हिक्मत कार्की, थममाया थापा, ईश्वरबहादुर रिजाललगायत नेताहरूले विधान संशोधनमाथि आ–आफ्नो धारणा राखेका थिए ।

महेश बस्नेतले अध्यक्ष ओलीकै नेतृत्वमा आगामी ११ औं महाधिवेशनमा जानुपर्ने बताए । उनले प्रचण्ड, शेखर कोइराला र विद्या भण्डारीबीचको हालैको भेटघाटलाई एमालेलाई कमजोर बनाउने रणनीतिक चालका रूपमा चित्रण गरे ।

तर नेता गोकुल बास्कोटाले ओली–भण्डारीबीचको सम्बन्धलाई प्रयोग गरेर विवाद सुल्झाउन सुझाव दिए । राजनीतिक संवाद र सहकार्यको बाटोबाट समाधान खोज्नुपर्नेमा उनको जोड थियो ।

अन्य नेताहरूले भने ७० वर्षे उमेर हद हटाउने निर्णयले पार्टीमा नयाँ पुस्तालाई अवसर दिने विश्वासमा खलल पुर्‍याएको भन्दै असन्तुष्टि जनाए । उनीहरूले विधानमा गरिएको यो परिमार्जनले पार्टीको दीर्घकालीन नेतृत्व विकास प्रक्रियामा असर पार्ने चेतावनी समेत दिएका छन् ।

एमालेले विधान संशोधनसहितका प्रस्तावहरू आगामी पार्टी निकायहरूमा प्रस्तुत गर्दै अन्तिम निर्णय लिने बताएको छ । पार्टीभित्र देखिएको विद्या भण्डारीको भूमिकासम्बन्धी मतभेद र उमेर तथा कार्यकालको सीमा हटाउने निर्णयले एमालेको भविष्यमा गहिरो राजनीतिक बहस निम्त्याउने देखिएको छ ।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

रास्वपाको प्रथम महाधिवेशन : बन्दसत्र सुरु
राजनीति

रास्वपाको प्रथम महाधिवेशन : बन्दसत्र सुरु

असार ९, २०८३
निर्धारित समय बित्दा पनि सुरु भएन रास्वपाको बन्दसत्र
राजनीति

निर्धारित समय बित्दा पनि सुरु भएन रास्वपाको बन्दसत्र

असार ८, २०८३
सीके राउतले भने– जनमत पार्टीको सपना रास्वपामार्फत पूरा होस्
राजनीति

सीके राउतले भने– जनमत पार्टीको सपना रास्वपामार्फत पूरा होस्

असार ७, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

आज पनि सुनचाँदीको बजार मूल्यमा कमी आएको छ।

सुनको भाउ लगातार घट्दै

असार १०, २०८३
अनलाइन टिभी पत्रकार सङ्घ सुदूरपश्चिमका महासचिव साउद सम्मानित

अनलाइन टिभी पत्रकार सङ्घ सुदूरपश्चिमका महासचिव साउद सम्मानित

असार १०, २०८३
११ महिनामा २५ अर्बभन्दा बढीका विद्युतीय गाडी नेपाल भित्रिए

११ महिनामा २५ अर्बभन्दा बढीका विद्युतीय गाडी नेपाल भित्रिए

असार १०, २०८३
नीति, नियत र नियती !

नीति, नियत र नियती !

असार १०, २०८३
सुदूरपश्चिमका तराई भू-भागमा आज पनि तातो लहर, पहाडी क्षेत्रमा वर्षाको सम्भावना

सुदूरपश्चिमका तराई भू-भागमा आज पनि तातो लहर, पहाडी क्षेत्रमा वर्षाको सम्भावना

असार १०, २०८३
रास्वपाको प्रथम महाधिवेशन : बन्दसत्र सुरु

रास्वपाको प्रथम महाधिवेशन : बन्दसत्र सुरु

असार ९, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व