काठमाडौँ – खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले विभिन्न पदमा ७७ जना कर्मचारी नियुक्त गर्न आवेदन मागेको छ। कम्पनीले शुक्रबार विज्ञापन जारी गर्दै नवौं तहको सह विभागीय प्रबन्धकदेखि चौथो तहको सहायक मिल हेल्परसम्मका कर्मचारी मागेको हो।
विभिन्न पदका लागि योग्यता पुगेका र इच्छुक नेपालीहरूले विज्ञापन प्रकाशित भएको २१ दिनभित्र आवेदन दिनुपर्नेछ। आवेदन दिनका लागि पद अनुसार शुल्क निर्धारण गरिएको छ। दरखास्त दिने अन्तिम मिति साउन १५ गतेसम्म तोकिएको छ। दोब्बर दस्तुर तिरेर साउन २२ गतेसम्म दरखास्त दिन सकिने कम्पनीले जनाएको छ।











Discussion about this post