Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

एनएनएसडब्ल्यूएद्वारा सामुदायिक प्रतिकार्य टोली लक्षित पाँच दिने विपद् व्यवस्थापन सम्बन्धी तालिम सुरू

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
असार २०, २०८२
एनएनएसडब्ल्यूएद्वारा सामुदायिक प्रतिकार्य टोली लक्षित पाँच दिने विपद् व्यवस्थापन सम्बन्धी तालिम सुरू
0
SHARES
41
VIEWS
Share on FacebookShare on Twitter

कैलाली । कैलालीको चुरे गाउँपालिकामा सामुदायिक प्रतिकार्य टोलीलाई लक्षित गरि पाँच दिने विपद् व्यवस्थापन सम्बन्धी तालिम सुरू भएको छ। विपद् जोखिम न्यूनीकरण र पूर्वतयारीका लागि समुदायलाई सशक्तिकरण गर्नका चुरे गाउँपालिका वडा नम्बर ३ र ६ का सामुदायिक प्रतिकार्य टोलीका प्रतिनिधिहरूलाई लक्षित गर्दै पाँच दिने सामुदायिक विपद् प्रतिकार्य तालिम सुरू भएको हो। यस अघि गाउँपालिकाका अन्य वडाहरूलाई लक्षित गरि तालिम सम्पन्न भइसकेको छ।

तालिम नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्ल्यूए) र मर्सिकोर नेपालद्वारा सञ्चालित पूर्वानुमानमा आधारित पूर्वकार्यको सुदृढीकरण (सान) परियोजनाको आयोजना, चुरे गाउँपालिकाको समन्वय तथा कोकाकोला फाउन्डेसनको आर्थिक सहयोगमा सञ्चालन भइरहेको छ।


तालिमको उद्देश्यबारे प्रकाश पार्दै नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्ल्यूए) का कार्यकारी निर्देशक अशोक बिक्रम जैरूले विपद्का बेला समुदायकै प्रतिकार्य महत्वपूर्ण हुने भएकाले समुदायलाई लक्षित गर्दै पाँच दिने विपद् व्यवस्थापन तालिम सञ्चालन गरिएको बताउनुभयो। उहाँले सान परियोजना अन्तर्गत चुरे गाउँपालिकामा स्थानीय आपतकालीन कार्य सञ्चालन केन्द्र स्थापनाका लागि आवश्यक सामग्री र प्राविधिक सहयोगसमेत प्रदान गरिएको जानकारी दिनुभयो।

चुरे गाउँपालिकाका अध्यक्ष चक्रबहादुर बोगटीले चुरे गाउँपालिका विपद्को दृष्टिले उच्च जोखिमयुक्त भएको उल्लेख गर्नुभयो। यस्तो तालिमले समुदायमा व्यवहारिक दक्षता र सचेतना वृद्धि गरी जोखिम न्यूनीकरणमा सहयोग पुग्ने विश्वास व्यक्त गर्दै उहाँले आयोजक संस्थालाई धन्यवाद दिनुभयो।

चुरे गाउँपालिकाका विपद् सम्पर्क व्यक्ति काली प्रसाद भट्टले बहु-प्रकोपीय जोखिममा रहेको चुरे गाउँपालिकामा समुदाय प्रतिकार्य तालिम अत्यन्त महत्वपूर्ण भएको बताउनुभयो। साथै, उहाँले तालिमसँगै खोज तथा उद्धार सामग्री पनि उपलब्ध गराउनुपर्नेमा जोड दिनुभयो।

तालिममा विपद् पहिचान, उद्धार, प्राथमिक उपचार, बाढी तथा पहिरो व्यवस्थापन, आगलागी तथा डढेलो नियन्त्रण, साथै भूकम्पपछिको तत्कालीन व्यवस्थापन सम्बन्धी व्यवहारिक विषयवस्तु समेटिएका छन्।

तालिमको उद्घाटन समारोहमा चुरे गाउँपालिकाका अध्यक्ष चक्रबहादुर बोगटी, उपाध्य धना देवी थापा, प्रमुख प्रशासकीय अधिकृत बिपीराज सोती विपद् सम्पर्क व्यक्ति काली प्रसाद भट्ट, वडा नम्बर ६ का अध्यक्ष प्रेम बहादुर साउद वडा नम्बर ३ का अध्यक्ष खगेन्द्र खडायत लगायतको उपस्थिति रहेको थियो।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

वेदकोट–८ मा स्काउट तथा विपद् व्यवस्थापन सम्बन्धी २० दिने तालिम सुरु
मुख्य समाचार

वेदकोट–८ मा स्काउट तथा विपद् व्यवस्थापन सम्बन्धी २० दिने तालिम सुरु

जेष्ठ ९, २०८३
थर्ड आई द्वारा सुरक्षा निकायमा भर्ना हुन चाहने विद्यार्थीहरूको निःशुल्क स्वास्थ्य परीक्षण
कन्चनपुर

थर्ड आई द्वारा सुरक्षा निकायमा भर्ना हुन चाहने विद्यार्थीहरूको निःशुल्क स्वास्थ्य परीक्षण

जेष्ठ ७, २०८३
महाकालीको भुजेलाघाट क्षेत्रमा नुहाउन र पौडी खेल्न निषेध, जोखिम न्यूनीकरणका लागि राखिए सचेतनामूलक बोर्ड
कन्चनपुर

महाकालीको भुजेलाघाट क्षेत्रमा नुहाउन र पौडी खेल्न निषेध, जोखिम न्यूनीकरणका लागि राखिए सचेतनामूलक बोर्ड

जेष्ठ ३, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

आर्थिक विधेयक २०८३ माथि छलफल अघि बढाउने प्रस्ताव स्वीकृत

आर्थिक विधेयक २०८३ माथि छलफल अघि बढाउने प्रस्ताव स्वीकृत

असार ५, २०८३
डरको मनोविज्ञानले शेयर बजारमा उतारचढाव आएको हो : अर्थमन्त्री वाग्ले

डरको मनोविज्ञानले शेयर बजारमा उतारचढाव आएको हो : अर्थमन्त्री वाग्ले

असार ५, २०८३
विश्वकप २०२६ : नेयमार दोस्रो खेलबाट पनि बाहिर

विश्वकप २०२६ : नेयमार दोस्रो खेलबाट पनि बाहिर

असार ५, २०८३
निर्यात अवरोधले चिया क्षेत्र प्रभावित, हजारौँ श्रमिकको रोजगारी धरापमा

निर्यात अवरोधले चिया क्षेत्र प्रभावित, हजारौँ श्रमिकको रोजगारी धरापमा

असार ५, २०८३
सुनको भाउ तोलामा १ हजार २०० रुपैयाँले घट्यो

एकैदिन १० हजार ५०० रुपैयाँले ओरालो लाग्यो सुनको मूल्य

असार ५, २०८३
कञ्चनपुरमा एन्फा कम्युनिटी कोर्ष : सुदूरपश्चिमले पायो ४३ जना नयाँ फुटबल प्रशिक्षक

कञ्चनपुरमा एन्फा कम्युनिटी कोर्ष : सुदूरपश्चिमले पायो ४३ जना नयाँ फुटबल प्रशिक्षक

असार ५, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व