कञ्चनपुर। ‘देव स्तुति’ नामक विशेष धार्मिक गीत संग्रह चाँडै सुदुर खबर वान युट्युब च्यानलबाट सार्वजनिक हुने भएको छ। यो संग्रह सुदूरपश्चिमका देवस्थलहरूको महिमामा आधारित रहेको जनाइएको छ।
यसको रचना देवी दत्त पाण्डेले गर्नुभएको हो भने सङ्कलन डम्बर राज पाण्डेले गरेका हुन्। त्यस्तै प्रस्तुति प्रकाश पाण्डे र मञ्जु चटौतले गरेका छन्।
गीतमा नारायण दत्त भट्टले स्वर दिएका छन्। भिडियोको छायांकन अर्जुन थापा र दिपक नाथले गरेका छन्। कभर डिजाइन मनोज प्रसाद भट्टले गरेका छन्।
सुदूर खबर वानका प्रबन्ध निर्देशक प्रकाश कलौनीले ‘देव स्तुति’ लाई ‘अफिसियल भिडियो’ का रूपमा प्रस्तुत गरिने र यस क्षेत्रका धार्मिक आस्था राख्नेहरूका लागि यो संग्रह विशेष हुने बताएका छन्।
हाल अमेरिकामा कार्यरत युवा समाजसेवी पाण्डे लामो समयदेखि समाजसेवामा सक्रिय रहँदै आएका छन्। पाण्डेले नेपाली कला र संस्कृतिको संरक्षण गर्ने प्रयासस्वरूप ‘देव स्तुति’ संग्रह बजारमा ल्याउने तयारी गरिरहेको बताएका छन्।










Discussion about this post