Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

ग्रामीण क्षेत्रको गौरव: दोगडाकेदारकी भावनाको एसईई सफलता, विद्यालय र परिवार हर्षित

प्रकाश भट्ट by प्रकाश भट्ट
असार १७, २०८२
ग्रामीण क्षेत्रको गौरव: दोगडाकेदारकी भावनाको एसईई सफलता, विद्यालय र परिवार हर्षित
0
SHARES
976
VIEWS
Share on FacebookShare on Twitter

बैतडी – बैतडी जिल्लाको दुर्गम मानिने दोगडा केदार गाउँपालिका–७ चडेपानी गाउँकी भावना भट्टले २०८१ को माध्यमिक शिक्षा परीक्षा (एसईई) मा ३.८० जीपीए ल्याएर विद्यालयको इतिहासमै कीर्तिमान कायम गरेकी छिन्। श्री भूमिराज माध्यमिक विद्यालयकी छात्रा भावना गाउँपालिका, जिल्ला र समग्र क्षेत्रका लागि शैक्षिक प्रेरणाको श्रोत बनेकी छिन्।

२०८१ सालको एसईई नतिजामा भावनाले दोगडा केदार गाउँपालिकाभरिका सबै विद्यार्थीलाई पछि पार्दै प्रथम स्थान हासिल गरिन्। यसैगरी, उनी समग्र बैतडी जिल्लामा पाँचौं स्थानमा रहन सफल भइन् भने छात्रातर्फ दोस्रो स्थान हासिल गरेर आफू, विद्यालय, परिवार र चडेपानी गाउँको नाम उच्च राखेकी छिन्।

विद्यालयका अनुसार भावना सानैदेखि पढाइमा तेज र मेहनती थिइन्। विद्यालयले जनाएअनुसार उनी अनुशासित, सधैं अभ्यास गर्ने र सकारात्मक सोच्ने स्वभावकी छात्रा हुन्। विद्यालयका हरेक शैक्षिक तथा अन्य गतिविधिहरूमा उनी अगाडि रहेर नेतृत्व लिने गर्थिन्।

भूमिराज माध्यमिक विद्यालयका प्रधानाध्यापक शङ्कर भट्टले भावनाको सफलताले विद्यार्थीमा अनुशासन र लगन भए मनले चिताएको कुरा हासिल गर्न सकिन्छ भन्ने प्रमाणित गरेको बताए। उनले भने, “भावना हाम्रो विद्यालयकी अनुशासित र लगनशील विद्यार्थी हुन्। उनको यो सफलताले विद्यार्थीको सर्वाङ्गीण विकासका लागि शिक्षक, विद्यार्थी र अभिभावक सबैको संयुक्त प्रयास आवश्यक छ भन्ने देखाएको छ।”

भावनालाई अङ्ग्रेजी विषयमा पूर्ण ४.० जीपीए ल्याउन सफल बनाएका अङ्ग्रेजी शिक्षक लक्ष्मी दत्त भट्टले ग्रामीण परिवेशबाट यतिको उत्कृष्ट नतिजा ल्याउनु प्रेरणादायी भएको बताए। उनले भने, “भावनाले अङ्ग्रेजी विषयमा गरेको मेहनत, अभ्यास र आत्मविश्वास देख्दा मलाई लाग्थ्यो– यो विषयमा उनी विशेष परिणाम ल्याउँछिन्। जब नतिजा आयो, त्यो पल मेरो लागि एकदमै खुसीको क्षण थियो।”

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सहदेब भट्टले भावनाको लगनशीलता र आत्मविश्वासको खुलेर प्रशंसा गर्दै उनको सफलताले विद्यालय परिवार र गाउँलेलाई नै गर्वको महसुस गराएको बताए। उनले भने, “भावनाले आफ्नो आत्मविश्वास र लगनशीलताको बलमा असम्भव लाग्ने कार्यलाई सम्भव बनाएकी छिन्। उनको यो उपलब्धिले हाम्रा अन्य विद्यार्थीहरूलाई पनि ठूलो प्रेरणा दिनेछ।”

भावनाको यस कीर्तिमानी उपलब्धिले चडेपानी गाउँमा मात्र नभई सम्पूर्ण दोगडा केदार गाउँपालिकामा शैक्षिक चेतनाको नयाँ लहर ल्याएको छ। उनको सफलताले विशेषगरी बालबालिका र किशोरीहरूलाई पढाइमा अगाडि बढ्नका लागि उत्प्रेरित गरेको छ।

भावनाका बुबा महेश शरण भट्ट, जो आफैं पनि शिक्षक हुन् उनले छोरीको सफलतामा खुसी व्यक्त गरे। उनले भने, “घरमा पढाइको सकारात्मक माहौल बन्यो भने बच्चाहरूले यस्तो नतिजा ल्याउन सक्छन्। भावनाले यो कुरा प्रमाणित गरेकी छ।” उनले अन्य अभिभावकहरूलाई पनि आफ्ना छोराछोरीको लागि घरमा उपयुक्त शैक्षिक वातावरण बनाउन आग्रह गरेका छन्।

भावनाको यो सफलता ग्रामीण क्षेत्रका विद्यार्थीका लागि एउटा ज्वलन्त उदाहरण बनेको छ, जसले उचित अवसर र निरन्तर प्रयास पाएमा कुनै पनि लक्ष्य हासिल गर्न सकिन्छ भन्ने सन्देश दिएको छ।

प्रकाश भट्ट

प्रकाश भट्ट

सम्बन्धित

हरिशयनी (देवशयनी) एकादशी : शास्त्रीय आधार, धार्मिक परम्परा, सामाजिक–सांस्कृतिक तथा वैज्ञानिक महत्त्व
देश/राष्ट्रिय

हरिशयनी (देवशयनी) एकादशी : शास्त्रीय आधार, धार्मिक परम्परा, सामाजिक–सांस्कृतिक तथा वैज्ञानिक महत्त्व

साउन ९, २०८३
विपद्‌बाट कागजात जोगाउन दोधारा चाँदनीमा ‘कागजपत्र सुरक्षा फाईल’ वितरण; उद्धार र राहतमा मार्गप्रशस्त हुने अपेक्षा
देश/राष्ट्रिय

विपद्‌बाट कागजात जोगाउन दोधारा चाँदनीमा ‘कागजपत्र सुरक्षा फाईल’ वितरण; उद्धार र राहतमा मार्गप्रशस्त हुने अपेक्षा

साउन ५, २०८३
लागूऔषधविरुद्ध युवाहरूको अभियान: शिक्षा युवा क्लबले नष्ट गर्‍यो गाँजाका बोट
देश/राष्ट्रिय

लागूऔषधविरुद्ध युवाहरूको अभियान: शिक्षा युवा क्लबले नष्ट गर्‍यो गाँजाका बोट

साउन ३, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

स्वास्थ्य बीमा बोर्डको नयाँ अध्यक्ष बने डा. सुवास प्याकुरेल

स्वास्थ्य बीमा बोर्डको नयाँ अध्यक्ष बने डा. सुवास प्याकुरेल

साउन १४, २०८३
सुनको भाउ तोलामा १ हजार २०० रुपैयाँले घट्यो

आज सुन महँगियो, चाँदी सस्तो

साउन १४, २०८३
निर्वाचन आयोगलाई संघीय र प्रविधिमैत्री बनाउनुपर्ने : प्रेमप्रसाद दंगाल

निर्वाचन आयोगलाई संघीय र प्रविधिमैत्री बनाउनुपर्ने : प्रेमप्रसाद दंगाल

साउन १३, २०८३
निर्वाचन आयोगका योजना परिणाममुखी हुनुपर्छ : पद्मा अर्याल

निर्वाचन आयोगका योजना परिणाममुखी हुनुपर्छ : पद्मा अर्याल

साउन १३, २०८३
मतदान प्रतिशत बढाउने स्पष्ट कार्ययोजना ल्याउन रास्वपाको माग

मतदान प्रतिशत बढाउने स्पष्ट कार्ययोजना ल्याउन रास्वपाको माग

साउन १३, २०८३
निर्वाचन आयोगका निर्णय सर्वसम्मत र पारदर्शी हुनुपर्छ : आनन्दप्रसाद ढुंगाना

निर्वाचन आयोगका निर्णय सर्वसम्मत र पारदर्शी हुनुपर्छ : आनन्दप्रसाद ढुंगाना

साउन १३, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व