Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

कञ्चनपुरको भुवनेश्वरी माध्यमिक विद्यालयमा राष्ट्रीय धान दिवस मनाइयो

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
असार १५, २०८२
कञ्चनपुरको भुवनेश्वरी माध्यमिक विद्यालयमा राष्ट्रीय धान दिवस मनाइयो
0
SHARES
425
VIEWS
Share on FacebookShare on Twitter

कञ्चनपुर – वेदकोट नगरपालिका-६ सिसैयामा रहेको भुवनेश्वरी माध्यमिक विद्यालयले राष्ट्रीय धान दिवसको अवसरमा विशेष कार्यक्रम आयोजना गरेको छ। विद्यार्थीहरूलाई स्थानीय पाठ्यक्रम अनुसार प्रयोगात्मक सिकाईलाई प्रभावकारी बनाउने उद्देश्यले यो कार्यक्रम आयोजना गरिएको थियो।

धान दिवसको अवसरमा विद्यालय प्राङ्गणमा विद्यार्थी, शीक्षक र व्यवस्थापन समितिका पदाधीकारी, विद्यालयका संस्थापक, व्यवस्थापन समितिका पदाधीकारीका पूर्व पदाधीकारी, सल्लाहकार समितिका सदस्य, पूर्व विद्यार्थी लगायतले धान रोपेका थिए। धान रोप्ने बेला विद्यालयका शिक्षिकाहरूले सुदूरपश्चिमको मौलिकता बोकेको फाग गीत गाएर वातावरणलाई थप रमाइलो बनाए। यो गतिविधिले विद्यार्थीहरूलाई स्थानीय संस्कृति र कृषि प्रथासँग जोड्ने अवसर प्रदान गरेको छ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रबिन बोगटीले यो कार्यक्रमले विद्यार्थीहरूलाई किताबी ज्ञानसँगै व्यावहारिक ज्ञान प्रदान गर्न मद्दत गर्ने बताए। उनले विद्यालयको उद्देश्य विद्यार्थीहरूलाई आफ्नो संस्कृति र परम्परासँग जोड्दै कृषिको महत्व बुझाउनु रहेको बताए।

त्यस्तै, विद्यालयका प्रधानाध्यापक रण बहादुर दौल्यालले विद्यार्थीहरूलाई प्रयोगात्मक सिकाइमार्फत जीवन उपयोगी सीप सिकाउने प्रयास गरेको बताए। साथै उनले यस्ता कार्यक्रमले उनीहरूको सर्वांगीण विकासमा सहयोग पुग्ने बताए।

विगत केही वर्षयता शैक्षिक सुधार, प्रयोगात्मक शिक्षण र समुदायसँगको सहकार्यमा भुवनेश्वरी मावि सक्रिय रहँदै आएको छ। वेदकोट नगरपालिकाभरि उत्कृष्ट स्थापित यो विद्यालयले एसईई परीक्षामा समेत उत्कृष्ट नतिजा हासिल गर्न सफल भएको छ। नगरकै पहिलो ए प्लस ल्याउने विद्यालयको रूपमा भुवनेश्वरी माविले आफ्नो पहिचान बनाएको छ।

भुवनेश्वरी मावि शैक्षिक सुधार, प्रयोगात्मक शिक्षण र समुदायसँगको सहकार्यमा सक्रिय रहँदै आएको छ। यस्ता गतिविधिहरूले विद्यार्थीमा श्रमप्रति सम्मान र जीवनोपयोगी सीपको विकासमा मद्दत पुर्‍याउने विश्वास विद्यालय परिवारले व्यक्त गरेको छ।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

वेदकोट–८ मा स्काउट तथा विपद् व्यवस्थापन सम्बन्धी २० दिने तालिम सुरु
मुख्य समाचार

वेदकोट–८ मा स्काउट तथा विपद् व्यवस्थापन सम्बन्धी २० दिने तालिम सुरु

जेष्ठ ९, २०८३
थर्ड आई द्वारा सुरक्षा निकायमा भर्ना हुन चाहने विद्यार्थीहरूको निःशुल्क स्वास्थ्य परीक्षण
कन्चनपुर

थर्ड आई द्वारा सुरक्षा निकायमा भर्ना हुन चाहने विद्यार्थीहरूको निःशुल्क स्वास्थ्य परीक्षण

जेष्ठ ७, २०८३
महाकालीको भुजेलाघाट क्षेत्रमा नुहाउन र पौडी खेल्न निषेध, जोखिम न्यूनीकरणका लागि राखिए सचेतनामूलक बोर्ड
कन्चनपुर

महाकालीको भुजेलाघाट क्षेत्रमा नुहाउन र पौडी खेल्न निषेध, जोखिम न्यूनीकरणका लागि राखिए सचेतनामूलक बोर्ड

जेष्ठ ३, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

आर्थिक विधेयक २०८३ माथि छलफल अघि बढाउने प्रस्ताव स्वीकृत

आर्थिक विधेयक २०८३ माथि छलफल अघि बढाउने प्रस्ताव स्वीकृत

असार ५, २०८३
डरको मनोविज्ञानले शेयर बजारमा उतारचढाव आएको हो : अर्थमन्त्री वाग्ले

डरको मनोविज्ञानले शेयर बजारमा उतारचढाव आएको हो : अर्थमन्त्री वाग्ले

असार ५, २०८३
विश्वकप २०२६ : नेयमार दोस्रो खेलबाट पनि बाहिर

विश्वकप २०२६ : नेयमार दोस्रो खेलबाट पनि बाहिर

असार ५, २०८३
निर्यात अवरोधले चिया क्षेत्र प्रभावित, हजारौँ श्रमिकको रोजगारी धरापमा

निर्यात अवरोधले चिया क्षेत्र प्रभावित, हजारौँ श्रमिकको रोजगारी धरापमा

असार ५, २०८३
सुनको भाउ तोलामा १ हजार २०० रुपैयाँले घट्यो

एकैदिन १० हजार ५०० रुपैयाँले ओरालो लाग्यो सुनको मूल्य

असार ५, २०८३
कञ्चनपुरमा एन्फा कम्युनिटी कोर्ष : सुदूरपश्चिमले पायो ४३ जना नयाँ फुटबल प्रशिक्षक

कञ्चनपुरमा एन्फा कम्युनिटी कोर्ष : सुदूरपश्चिमले पायो ४३ जना नयाँ फुटबल प्रशिक्षक

असार ५, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व