Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

सुदूरपश्चिममा आज बेलुकीदेखि ठूलो पानी पर्ने भएकाले सतर्क रहन आग्रह

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
असार १४, २०८२
मनसुनी प्रणाली भारतको केरला आइपुग्यो, अवरोध नभए औसत मितिभन्दा चाँडै नेपाल भित्रिने
0
SHARES
73
VIEWS
Share on FacebookShare on Twitter

कञ्चनपुर – सुदूरपश्चिम प्रदेशका विभिन्न ठाउँमा रातिदेखि नै पानी परेको छ । पानी परिरहेका दार्चुला, डोटी र बाजुरामा पहिरो र आकश्मिक बहावको जोखिम देखिएको भन्दै सतर्क रहन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।

दार्चुलाको गोकुलेश्वर, डोटीको पश्चिम सेती र बाजुराको ओलेना तथा आसपासका क्षेत्रमा हल्कादेखि मध्यम वर्षा मापन भएकाले साना खोलाहरूमा आकश्मिक रूपमा बहाव बढ्न सक्ने भन्दै महाशाखाले सतर्क रहन भनेको हो ।

यस्तै कास्कीको लुम्ले र आसपासको क्षेत्रमा पनि राति ठूलो पानी परेकाले त्यस क्षेत्र भई बहने ससाना खोला आसपासमा सावधानी अपनाउन महाशाखाले आग्रह गरेको छ ।राति नुवाकोट, सिन्धुपाल्चोक, दोलखा र आसपासका क्षेत्रमा पनि हल्कादेखि मध्यम वर्षा भएको छ । अहिले बिहानपख भने सुदूरपश्चिमका विभिन्न ठाउँमा पानी परिरहेको छ ।

यसैबीच आज बेलुकीदेखि लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा ठूलो पानी पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले मनसुन विशेष मौसम बुलेटिन सार्वजनिक गर्दै आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ ।

महाशाखाका अनुसार आज बेलुकीदेखि पर्सि सोमवार बिहानसम्म कर्णाली प्रदेशको पहाडी भू–भाग, सुदूरपश्चिम र लुम्बिनी प्रदेशका पहाडी र तराईका भूभागका थोरै ठाउँमा तथा अरु प्रदेशका पहाडी भू–भागका एक/दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ ।

सम्भावित वर्षाको कारणले भूक्षय, बाढी, पहिरो तथा गेग्रान बहावको जोखिम रहेकाले शहरी तथा तराई क्षेत्रहरूमा डुबानको जोखिम रहेको, ठूला तथा साना नदी नाला र खोलाहरूमा पानीको सतह बढ्न सक्ने, दैनिक जनजीवन, कृषि, स्वास्थ्य, पर्यटन, नदी क्षेत्र आसपासका निर्माणकार्य, सडक तथा हवाई यातायात प्रभावित हुनसक्ने भएकाले आवश्यक सतर्कता तथा पूर्वतयारी अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

सहिष्णुता र राष्ट्रिय एकताको पक्षमा उभिन धार्मिक अगुवाको अपील
फ्ल्यास हेडिङ

सहिष्णुता र राष्ट्रिय एकताको पक्षमा उभिन धार्मिक अगुवाको अपील

साउन १५, २०८३
मनसुन बाहिरिने समयमा फेरि सक्रिय
फ्ल्यास हेडिङ

देशका अधिकांश भागमा वर्षाको सम्भावना

साउन १५, २०८३
साउन १५ : परम्पराअनुसार खिर खाने दिन
फ्ल्यास हेडिङ

साउन १५ : परम्पराअनुसार खिर खाने दिन

साउन १५, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

सुदूरपश्चिम विश्वविद्यालय युथम्यापर्स नेपालमा नयाँ नेतृत्व, टेक राज भट्ट अध्यक्ष चयन

सुदूरपश्चिम विश्वविद्यालय युथम्यापर्स नेपालमा नयाँ नेतृत्व, टेक राज भट्ट अध्यक्ष चयन

साउन १६, २०८३
क्यान्सरपीडित दिपक राज बिष्टको उपचारका लागि आर्थिक सहयोगको अपिल

क्यान्सरपीडित दिपक राज बिष्टको उपचारका लागि आर्थिक सहयोगको अपिल

साउन १६, २०८३
क्यान्सरपीडित दिपक राज बिष्टको उपचारका लागि आर्थिक सहयोगको अपिल

क्यान्सरपीडित दिपक राज बिष्टको उपचारका लागि आर्थिक सहयोगको अपिल

साउन १६, २०८३

“म बाघको बच्चा डमरु हुँ, सिनो खाने कुकुर हैन” — राष्ट्रभक्त बडाकाजी अमरसिंह थापाको अदम्य साहस

साउन १५, २०८३
शेयर बजार ४ दिनपछि दोहोरो अङ्कले बढ्यो

शेयर बजार ४ दिनपछि दोहोरो अङ्कले बढ्यो

साउन १५, २०८३
सहिष्णुता र राष्ट्रिय एकताको पक्षमा उभिन धार्मिक अगुवाको अपील

सहिष्णुता र राष्ट्रिय एकताको पक्षमा उभिन धार्मिक अगुवाको अपील

साउन १५, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व