Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

साक्षर सुदूरपश्चिम प्रदेश घोषणा सुदूरका ९६.१९ प्रतिशत जनता साक्षर

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
असार १३, २०८२
साक्षर सुदूरपश्चिम प्रदेश घोषणा सुदूरका ९६.१९ प्रतिशत जनता साक्षर
0
SHARES
21
VIEWS
Share on FacebookShare on Twitter

कञ्चनपुर । सुदूरपश्चिम प्रदेश साक्षर घोषणा गरिएको छ । प्रदेश सरकार साक्षरता अभियान प्रदेश समन्वय समितिले साक्षर प्रदेश घोषणा गरेको हो ।

बिहीबार एक कार्यक्तमका विच प्रदेश सरकारले साक्षर प्रदेश घोषणा भएको जनाएको छ । नेपाल सरकारको घोषित लक्ष्य पुरा गर्न साक्षर नेपाल बर्ष ०७६ को अवधारणा अनुरुप यस पटक सुदूरपश्चिम प्रदेशलाई पनि साक्षर प्रदेश घोषणा गरिएको छ ।

यस अघि ११ असोज ०७८ पहिलो बागमती, २४ असोज ०७८ दोस्रो गण्डकी, २३ भदौँ ०७९ तेस्रो कोसी र १२ असार ०८२ सुदूरपश्चिम प्रदेशलाई साक्षर प्रदेश घोषणा गरिएको हो ।

घोषणा कार्यक्रममा शिक्षा विकास निर्देशनालय सुदूरपश्चिमका महानिर्देशक समेत रहेका साक्षरता अभियान प्रदेश समन्वय समितिका सदस्य सचिव दुर्गा दत्त विष्टले सारक्ष सुदूरपश्चिम प्रदेश घोषणा प्रतिवेदन प्रस्तुत गर्दै १५ देखि ६० बर्ष भित्र उमेर समुहका ९६.१९ प्रतिशत जनता साक्षर रहेको बताए ।

प्रदेशभरी कुल १६ लाख, ८८ हजार ३४ जनसंख्या मध्ये १६ लाख, २३ हजार, ७९१ मानिस साक्षर छन । महानिर्देशक विष्टका अनुसार शिक्षा विज्ञान तथा प्रविधी मन्त्रालयले निर्धारण गरेका १२ मापदण्ड पार गर्दै वडा, पालिका, जिल्ला हुदै आज प्रदेश नै साक्षर घोषणा गरिएको बताए ।

११ असार ०८२ सुप प्रदेश सरकार समाजिक विकास मन्त्री मेघ बहादुर खडकाको संयोजकत्वमा रहेको साक्षरता अभियान प्रदेश समन्वय समितिले गरेको निर्णय अनुरुप सारक्षता घोषणा गरिएको छ ।
राष्ट्रभाषा वा मातृभाषा वर्ण, अरक्षको पढाई, लेखाई, नेपाली वा मातृभाषामा लेखिएका मुल्यसूची र बीलको पढाई, परिवारको सदस्यको नाम, उमेर, लेखाई पढाई, मोवाईल, क्यालकुलेटठ, अंक अक्षर चिन्न प्रयोग गर्न सक्ने, ९ देखि ९ सम्मका अक्षेर लेखाई, देखि १ सयसम्म गणना, लेनदेन हरहिसाब रखाई, सरल चिन्ह पोष्टर, साईनबोर्ड, ट्राफिक सकेत पढाई र बुझाई, सामुदायिक कार्यक्रममा आफ्नो विचार सहित सकृय सहभागिता देखाउन सक्ने, घडी हेरेर समय बताउन सक्ने, भित्तेपात्रे हेरी तिथिमिति बताउन सक्ने, बैंक,भौचर भराई, चेक खिचाई सक्ने सक्ने आधार तय गरेर साक्षरता पहिचान गरिएको थियो ।
महानिर्देशक विष्टले पहिलो दार्चुला र अन्तिम डोटी साक्षर जिल्ला घोषणा गरिएको बताए ।

महानिर्देशक विष्टका अनुसार १५ पुस ०७२ मा दार्चुला ९५.४० र ३२ जेठ ०८० डोटी ९६.५५, ६ बैशाख ०७६ बैतडी ९६.५३, ८ बैशाख ०७६ डडेल्धुरा ९६.८, ७ असार ०७९ बझाङ्ग ९५.५५, २१ असार ०७८ अछाम ९५.५५, २९ असार ०७९ कैलाली ९६.२०, २३ भदौैँ ०७९ कञ्चनपुर ९६.२१ प्रतिशत नागरिक साक्षर घोषणा गरिएको थियो । साक्षर प्रदेश घोषणा कार्यक्रममा प्रदेश सरकार, संसददेखि सरोकारवालाले ऐतिहासिक ‘कोशे ढुङगा’को क्षणका रुपमा लिएका छन ।

शिक्षा विकास तथा समन्वय इकाई कञ्चनपुरका प्रमुख लक्ष्मण गिरीले वडादेखि जिल्ला हुदै प्रदेश तहसम्मका शिक्षासंग सरोकार राख्ने निकायको अथक प्रयासबाट प्रदेश नै साक्षर घोषणा गरिएको बताए । राष्ट्रिय अभियानलाई नै सार्थकता दिने गरेर प्रदेशले साक्षर घोषणासंगै बाँकी असाक्षर नागरिकलाई पनि साक्षर बनाउनुपर्नेमा जोडदिए ।
शिक्षा विज्ञान तथा प्रविधी मन्त्रालयका सह सचिव हरि प्रशाद निरौलाले विगतमा ३५.३७ प्रतिशत नागरिक साक्षर, ४२, ४३ बर्ष औषत आयु रहेकोमा अहिले बृद्धि भएको बताए । सहसचिव निरौलाले हालका बर्षहरुमा साक्षर आयु बृद्धि भएको भन्दै देशकै लागि शिक्षा क्षेत्रमा सफलता भएको बताए । सुप प्रदेश सरकारका मुख्य सचिव डा. कमल प्रशाद पोखरेलले साढे सात दशकमा शिक्षा क्षेत्रमा उल्लेख्य प्रगति भएको भन्दै पाईएको उपलब्धी रक्षामा जोडदिएका छन ।

प्रमुख प्रतिपक्षीय दल एव नेकपा माओवादी केन्द्र सुप प्रदेश संसदीय दलका नेता खगराज भट्टले शिक्षा संसार परिर्वतन गर्ने अस्त्र रहेको बताउँदै प्रदेशमा शिक्षा क्षेत्रमा देखिएका समस्या पहिचान गर्दै अघि बढ्नुपर्नेमा जोडदिए । ‘पछिल्ला दिनहरुमा युवा विदेश पलायनको लहरले गाँउ खाली हुदैछन, ‘उनले भने, ‘शिक्षाको नीति, कार्यक्रम यस तर्फ समेत लक्षित गर्नुपर्छ ।’

एमाले संसदीय दलका नेता एव पुर्वमुख्यमन्त्री राजेन्द्र सिह रावलले प्रदेश साक्षरता घोषणा प्रारम्भिक भएकाले अब शिक्षाका अवसर पहिचान गर्दै प्रदेशलाई शिक्षाबाटै आत्मनिर्भरमा जोडदिए । कार्यक्रमको अध्यक्षता ग्रहण समेत गरेका समाजिक विकासमन्त्री मेघ बहादुर खडकाले प्रदेश साक्षरता घोषणा संगै बाँकी पनि गर्दै आगामी दिनमा नागरिकलाई शिक्षिक बनाउने कार्यक्तम संचालन गरिने बताए ।

कार्यक्रमका प्रमुख अतिथि समेत रहेका सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले शिक्षा क्षेत्रबाट प्रदेशलाई साक्षर घोषणा गरिएसंगै अन्य क्षेत्रबाट समेत साक्षर बनाएर अघि बढ्ने बताए । मुख्यमन्त्री शाहले प्रदेशलाई थप प्रविधीमैत्री, सीपमुलक, जिवनोपयोगी व्यवहारिक बनाउने संकल्प गरेका छन । कार्यक्रममा शिक्षासंग सरोकार राख्ने सरकारी तथा गैर सरकारी क्षेत्रका प्रतिनिधीको उपस्थिति रहेको थियो ।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

वेदकोट–८ मा स्काउट तथा विपद् व्यवस्थापन सम्बन्धी २० दिने तालिम सुरु
मुख्य समाचार

वेदकोट–८ मा स्काउट तथा विपद् व्यवस्थापन सम्बन्धी २० दिने तालिम सुरु

जेष्ठ ९, २०८३
थर्ड आई द्वारा सुरक्षा निकायमा भर्ना हुन चाहने विद्यार्थीहरूको निःशुल्क स्वास्थ्य परीक्षण
कन्चनपुर

थर्ड आई द्वारा सुरक्षा निकायमा भर्ना हुन चाहने विद्यार्थीहरूको निःशुल्क स्वास्थ्य परीक्षण

जेष्ठ ७, २०८३
महाकालीको भुजेलाघाट क्षेत्रमा नुहाउन र पौडी खेल्न निषेध, जोखिम न्यूनीकरणका लागि राखिए सचेतनामूलक बोर्ड
कन्चनपुर

महाकालीको भुजेलाघाट क्षेत्रमा नुहाउन र पौडी खेल्न निषेध, जोखिम न्यूनीकरणका लागि राखिए सचेतनामूलक बोर्ड

जेष्ठ ३, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

आर्थिक विधेयक २०८३ माथि छलफल अघि बढाउने प्रस्ताव स्वीकृत

आर्थिक विधेयक २०८३ माथि छलफल अघि बढाउने प्रस्ताव स्वीकृत

असार ५, २०८३
डरको मनोविज्ञानले शेयर बजारमा उतारचढाव आएको हो : अर्थमन्त्री वाग्ले

डरको मनोविज्ञानले शेयर बजारमा उतारचढाव आएको हो : अर्थमन्त्री वाग्ले

असार ५, २०८३
विश्वकप २०२६ : नेयमार दोस्रो खेलबाट पनि बाहिर

विश्वकप २०२६ : नेयमार दोस्रो खेलबाट पनि बाहिर

असार ५, २०८३
निर्यात अवरोधले चिया क्षेत्र प्रभावित, हजारौँ श्रमिकको रोजगारी धरापमा

निर्यात अवरोधले चिया क्षेत्र प्रभावित, हजारौँ श्रमिकको रोजगारी धरापमा

असार ५, २०८३
सुनको भाउ तोलामा १ हजार २०० रुपैयाँले घट्यो

एकैदिन १० हजार ५०० रुपैयाँले ओरालो लाग्यो सुनको मूल्य

असार ५, २०८३
कञ्चनपुरमा एन्फा कम्युनिटी कोर्ष : सुदूरपश्चिमले पायो ४३ जना नयाँ फुटबल प्रशिक्षक

कञ्चनपुरमा एन्फा कम्युनिटी कोर्ष : सुदूरपश्चिमले पायो ४३ जना नयाँ फुटबल प्रशिक्षक

असार ५, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व