Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

कञ्चनपुरको कृष्णपुरमा आपतकालीन कार्य सञ्चालन केन्द्र सुदृढीकरणका लागि सामग्री हस्तान्तरण

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
असार ७, २०८२
कञ्चनपुरको कृष्णपुरमा आपतकालीन कार्य सञ्चालन केन्द्र सुदृढीकरणका लागि सामग्री हस्तान्तरण
0
SHARES
27
VIEWS
Share on FacebookShare on Twitter

कञ्चनपुर । विपद् जोखिमका दृष्टिले अति संवेदनशील कृष्णपुर नगरपालिकामा आपतकालीन व्यवस्थापनलाई सुदृढ बनाउन आवश्यक सामग्रीहरू हस्तान्तरण गरिएको छ। नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्ल्युए) ले मर्सिकोर नेपालसँगको साझेदारीमा सञ्चालित जलवायु उत्थानशील समुदाय (सीआरसी) परियोजनाअन्तर्गत नगरपालिकाको स्थानीय आपतकालीन कार्य सञ्चालन केन्द्रलाई झन्डै ३ लाख ४७ हजार रुपैयाँ बराबरका सामग्रीहरू प्रदान गरिएको हो।

केन्द्रलाई डेल कम्प्युटर, प्रिन्टर, कार्यालय कुर्ची, भिजिबिलिटी बोर्ड, नोटिस बोर्ड, एलईडी टिभी तथा ग्यासोलिन चेन स लगायतका उपकरणहरू हस्तान्तरण गरिएको छ।

कार्यक्रममा नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्ल्युए) का निमित्त कार्यकारी निर्देशक बिनोद बिक्रम जैरुले स्थानीय सरकार सञ्चालन ऐनअनुसार हरेक पालिकामा आपतकालीन कार्य सञ्चालन केन्द्रको स्थापना र प्रभावकारी कार्य सञ्चालन आवश्यक रहेको बताउनुभयो। उहाँले सामग्रीको प्रभावकारी प्रयोग गर्दै नगरपालिकाले विपद् व्यवस्थापनमा उदाहरणीय काम गर्ने विश्वास व्यक्त गर्नुभयो।

कृष्णपुर नगरपालिकाका उप-प्रमुख द्रोपती रानाले नगर क्षेत्रलाई चौतर्फी रुपमा नदीले घेरेको कारण वर्षेनी खेतियोग्य जमिन कटान र पटानिको समस्याले सताउने उल्लेख गर्नुभयो। यस्तो अवस्थामा स्थानीय आपतकालीन कार्य सञ्चालन केन्द्र सुदृढ गर्न सहयोग प्राप्त हुनु सराहनीय रहेको भन्दै उहाँले विपद् पूर्वतयारी र प्रतिकार्यमा यसले महत्वपूर्ण भूमिका खेल्ने धारणा व्यक्त गर्नुभयो।

सामग्री हस्तान्तरण कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत खगेन्द्र प्रसाद भट्ट, विपद् व्यवस्थापन शाखा प्रमुख प्रेम बोगटीलगायतको उपस्थिति रहेको थियो।

एनएनएसडब्ल्युएले मर्सिकोर नेपालसँगको साझेदारीमा सीआरसी परियोजना सञ्चालन गरिरहेको छ। यो परियोजनाले दोधारा चाँदनी नगरपालिका–३ पटराखल्ला, वडा नं. १० कुतियाकभर र शान्तिटोल तथा कृष्णपुर नगरपालिका–२ नयाँबस्ती, खल्लागोठ र अठन्निफाँटा समुदायमा काम गर्दै आइरहेको छ। परियोजनाको उद्देश्य जोखिममा रहेका समुदायहरूलाई विपद् जोखिम न्यूनीकरण, पूर्वतयारी र प्रतिकार्य क्षमताको विकासमार्फत जलवायु उत्थानशील बनाउनु रहेको छ।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

वेदकोट–८ मा स्काउट तथा विपद् व्यवस्थापन सम्बन्धी २० दिने तालिम सुरु
मुख्य समाचार

वेदकोट–८ मा स्काउट तथा विपद् व्यवस्थापन सम्बन्धी २० दिने तालिम सुरु

जेष्ठ ९, २०८३
थर्ड आई द्वारा सुरक्षा निकायमा भर्ना हुन चाहने विद्यार्थीहरूको निःशुल्क स्वास्थ्य परीक्षण
कन्चनपुर

थर्ड आई द्वारा सुरक्षा निकायमा भर्ना हुन चाहने विद्यार्थीहरूको निःशुल्क स्वास्थ्य परीक्षण

जेष्ठ ७, २०८३
महाकालीको भुजेलाघाट क्षेत्रमा नुहाउन र पौडी खेल्न निषेध, जोखिम न्यूनीकरणका लागि राखिए सचेतनामूलक बोर्ड
कन्चनपुर

महाकालीको भुजेलाघाट क्षेत्रमा नुहाउन र पौडी खेल्न निषेध, जोखिम न्यूनीकरणका लागि राखिए सचेतनामूलक बोर्ड

जेष्ठ ३, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

आर्थिक विधेयक २०८३ माथि छलफल अघि बढाउने प्रस्ताव स्वीकृत

आर्थिक विधेयक २०८३ माथि छलफल अघि बढाउने प्रस्ताव स्वीकृत

असार ५, २०८३
डरको मनोविज्ञानले शेयर बजारमा उतारचढाव आएको हो : अर्थमन्त्री वाग्ले

डरको मनोविज्ञानले शेयर बजारमा उतारचढाव आएको हो : अर्थमन्त्री वाग्ले

असार ५, २०८३
विश्वकप २०२६ : नेयमार दोस्रो खेलबाट पनि बाहिर

विश्वकप २०२६ : नेयमार दोस्रो खेलबाट पनि बाहिर

असार ५, २०८३
निर्यात अवरोधले चिया क्षेत्र प्रभावित, हजारौँ श्रमिकको रोजगारी धरापमा

निर्यात अवरोधले चिया क्षेत्र प्रभावित, हजारौँ श्रमिकको रोजगारी धरापमा

असार ५, २०८३
सुनको भाउ तोलामा १ हजार २०० रुपैयाँले घट्यो

एकैदिन १० हजार ५०० रुपैयाँले ओरालो लाग्यो सुनको मूल्य

असार ५, २०८३
कञ्चनपुरमा एन्फा कम्युनिटी कोर्ष : सुदूरपश्चिमले पायो ४३ जना नयाँ फुटबल प्रशिक्षक

कञ्चनपुरमा एन्फा कम्युनिटी कोर्ष : सुदूरपश्चिमले पायो ४३ जना नयाँ फुटबल प्रशिक्षक

असार ५, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व