Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

पोखरी कटेजलाई ५० लाख अनुदान दिइएको छैनः पशु सेवा विज्ञ केन्द्र महेन्द्रनगर

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
असार ४, २०८२
पोखरी कटेजलाई ५० लाख अनुदान दिइएको छैनः पशु सेवा विज्ञ केन्द्र महेन्द्रनगर
0
SHARES
374
VIEWS
Share on FacebookShare on Twitter

कञ्चनपुर । पछिल्लो समय सामाजिक सञ्जालमा पोखरी कटेजले ५० लाख रुपैयाँ अनुदान पाएको भन्ने हल्ला चलेपछि भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र महेन्द्रनगरले उक्त खबर झुटो भएको स्पष्ट पारेको छ। केन्द्रले पोखरी कटेजको नाममा कुनै पनि अनुदान नगएको र सामाजिक सञ्जालमा आएका खबरमा सत्यता नरहेको जनाएको हो।

भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र महेन्द्रनगरका सूचना अधिकारी एवं पशु चिकित्सक खडकबहादुर पाण्डेयले पोखरी कटेजलाई अनुदान दिने कुनै कार्यक्रम नै नभएको र हावाको भरमा झुटो खबर आएको बताउनुभयो। उहाँले स्पष्ट पार्दै भन्नुभयो, “त्यो पोखरी कटेजलाई कुनै अनुदान गएको छैन, दिइएको छैन।”

उहाँका अनुसार, पोखरी कटेजका सञ्चालक कृष्ण रानाले आफ्नो जग्गामा ललिता एग्रो फर्म नामको व्यवसायमा जिउँदो माछा कटिङ, माछाको पोखरी मर्मत सम्भार, र माछा बिक्री केन्द्र सञ्चालनका लागि सम्झौता गर्नुभएको थियो। यसअनुसार काम भइरहेको अवस्थामा ५० लाख रुपैयाँ पूरै नजाने र जति काम भएको छ, सोहीअनुसार रकम भुक्तानी हुने उहाँले बताउनुभयो। तर, पोखरी कटेजमा भने कुनै अनुदान नभएको उहाँको भनाइ छ।

पोखरी कटेजका सञ्चालक कृष्ण रानाले ललिता एग्रो फर्ममा अनुदानका लागि प्रस्ताव पेश भएको तर अनुदान नपाएको स्पष्ट पार्नुभयो। उहाँले आफू पोखरी कटेजको सञ्चालक भएको र उक्त कटेजमा एक रुपैयाँ पनि अनुदान नआएको बताउनुभयो।

सामाजिक सञ्जालमा आएको ५० लाख लगानी र ५० लाख भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र महेन्द्रनगरको भन्ने हल्ला झुटो रहेको र यो प्रतिशोध साध्ने प्रकारले आएको हावादारी खबर भएको रानाले बताउनुभयो। उहाँले जिउँदो माछा बिक्री केन्द्रका लागि अनुदान माग गरिएको भए पनि पोखरी कटेजका लागि नभएको स्पष्ट पार्नुभयो।

कृष्ण रानाका अनुसार, ललिता एग्रो फर्म २०७२ सालमा दर्ता भएको हो भने पोखरी कटेज २०७६ सालमा सञ्चालनमा आएको हो। पोखरी कटेजमा आउने पाहुनाहरूलाई टिकट नभएर फुड कुपन दिइने र उक्त कुपनको रकम खानेकुरामा काटिने पनि उहाँले प्रष्ट पार्नुभयो।

रानाले १३ करोड रुपैयाँ ऋण निकालेर व्यवसाय गरेको बताउँदै सुदूरपश्चिमको पर्यटकीय क्षेत्रमा राम्रो काम गरिरहेको र ४३ जनालाई रोजगारी दिएको जानकारी दिनुभयो। यसरी अनुदानको विषयमा चलेको भ्रमका बीच पोखरी कटेजले आफ्नो व्यवसायिक पक्ष र रोजगारी सृजनामा पुर्याएको योगदानलाई पनि स्पष्ट पारेको छ।

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

वेदकोट–८ मा स्काउट तथा विपद् व्यवस्थापन सम्बन्धी २० दिने तालिम सुरु
मुख्य समाचार

वेदकोट–८ मा स्काउट तथा विपद् व्यवस्थापन सम्बन्धी २० दिने तालिम सुरु

जेष्ठ ९, २०८३
थर्ड आई द्वारा सुरक्षा निकायमा भर्ना हुन चाहने विद्यार्थीहरूको निःशुल्क स्वास्थ्य परीक्षण
कन्चनपुर

थर्ड आई द्वारा सुरक्षा निकायमा भर्ना हुन चाहने विद्यार्थीहरूको निःशुल्क स्वास्थ्य परीक्षण

जेष्ठ ७, २०८३
महाकालीको भुजेलाघाट क्षेत्रमा नुहाउन र पौडी खेल्न निषेध, जोखिम न्यूनीकरणका लागि राखिए सचेतनामूलक बोर्ड
कन्चनपुर

महाकालीको भुजेलाघाट क्षेत्रमा नुहाउन र पौडी खेल्न निषेध, जोखिम न्यूनीकरणका लागि राखिए सचेतनामूलक बोर्ड

जेष्ठ ३, २०८३

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

आर्थिक विधेयक २०८३ माथि छलफल अघि बढाउने प्रस्ताव स्वीकृत

आर्थिक विधेयक २०८३ माथि छलफल अघि बढाउने प्रस्ताव स्वीकृत

असार ५, २०८३
डरको मनोविज्ञानले शेयर बजारमा उतारचढाव आएको हो : अर्थमन्त्री वाग्ले

डरको मनोविज्ञानले शेयर बजारमा उतारचढाव आएको हो : अर्थमन्त्री वाग्ले

असार ५, २०८३
विश्वकप २०२६ : नेयमार दोस्रो खेलबाट पनि बाहिर

विश्वकप २०२६ : नेयमार दोस्रो खेलबाट पनि बाहिर

असार ५, २०८३
निर्यात अवरोधले चिया क्षेत्र प्रभावित, हजारौँ श्रमिकको रोजगारी धरापमा

निर्यात अवरोधले चिया क्षेत्र प्रभावित, हजारौँ श्रमिकको रोजगारी धरापमा

असार ५, २०८३
सुनको भाउ तोलामा १ हजार २०० रुपैयाँले घट्यो

एकैदिन १० हजार ५०० रुपैयाँले ओरालो लाग्यो सुनको मूल्य

असार ५, २०८३
कञ्चनपुरमा एन्फा कम्युनिटी कोर्ष : सुदूरपश्चिमले पायो ४३ जना नयाँ फुटबल प्रशिक्षक

कञ्चनपुरमा एन्फा कम्युनिटी कोर्ष : सुदूरपश्चिमले पायो ४३ जना नयाँ फुटबल प्रशिक्षक

असार ५, २०८३

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व