Sudurpashim Khabar
No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व
No Result
View All Result
Sudurpashim Khabar
No Result
View All Result

धेरै लसुन र प्याज खानुहुन्छ ? शरीरमा हुन्छन् यस्ता नराम्रा असर

सुदूरपश्चिमखबर संंवाददाता by सुदूरपश्चिमखबर संंवाददाता
२०८२ जेष्ठ १९, सोमबार ०७:५९
धेरै लसुन र प्याज खानुहुन्छ ? शरीरमा हुन्छन् यस्ता नराम्रा असर
0
SHARES
45
VIEWS
Share on FacebookShare on Twitter

लसुन र प्याज हाम्रो खानाको अभिन्न अङ्ग हो । यसको औषधीय गुण छन् । तरकारी र खानाको स्वाद बढाउने भएकोले पनि विश्वभर यसलाई खाइन्छ । लसुन र प्याजमा एन्टिअक्सिडेन्ट,एन्टी–ब्याक्टेरियल र एन्टी–इन्फ्लेमेटरी गुण पाइन्छ, जुन स्वास्थ्यको लागि फाइदाजनक हुन्छ । नेपालीमा एउटा उखान छ नि ‘धेरै खायो भने अमृत पनि विष हुन्छ’ ।
लसुन र प्याजमा पनि यही कुरा लागू हुन्छ । धेरै लसुन र प्याज खाँदा शरीरमा केही नकारात्मक असर पर्न सक्छ । आजको यस लेखमा हामी धेरै लसुन प्याज खाँदाका सम्भावित साइड इफेक्टहरू अनि तिनीहरूलाई सही मात्रामा सेवन गर्नु किन महत्त्वपूर्ण छ भनेर कुराकानी गर्नेछौँ ।

पाचनसम्बन्धी समस्या

लसुन र प्याजमा सल्फर यौगिकहरू हुन्छन् । धेरै मात्रामा यी दुई वस्तु सेवन गर्दा पेट दुख्ने र एसिडीटी निम्त्याउने हुनसक्छ । यसले पेट फुल्ने र ग्यास बन्ने, पेट दुख्ने र अपच हुने समस्या निम्त्याउन सक्छ ।

सास गन्हाउनु

लसुन र प्याज खाँदा मुखमा दुर्गन्ध आउन सक्छ । धेरै खाने व्यक्तिमा यो समस्या लामो समयसम्म रहन सक्छ । अत्यधिक सेवनका कारण यो समस्या अझ बढ्न सक्छ । सामाजिक र व्यक्तिगत रूपमा पनि असहज महसुस गर्न सक्नुहुन्छ ।

छालाको समस्या

धेरै लसुन खाँदा छालामा एलर्जी वा दाग हुन सक्छ । यसले शरीरको तापक्रम पनि बढाउन सक्छ । यसले छाला चिलाउने र जलन हुने र पसिनाको दुर्गन्ध जस्ता समस्या निम्त्याउन सक्छ ।

रक्तस्रावको जोखिम

लसुनमा रगत पातलो पार्ने गुण हुन्छ । यसको अत्यधिक मात्रामा सेवन गर्दा रगत बग्ने समस्या हुन सक्छ । शल्यक्रियाको समयमा वा चोटपटक लागेमा अत्यधिक रक्तस्राव हुने जोखिम हुन्छ ।

टाउको दुख्ने र माइग्रेन

लसुनमा एलाइल मिथाइल सल्फाइड पाइन्छ । यसलाई धेरै मात्रामा सेवन गर्दा टाउको दुख्ने र माइग्रेन जस्ता समस्या हुन सक्छ । यसले मानसिक तनाव र अनिद्रा पनि निम्त्याउन सक्छ ।

लसुन र प्याज सेवनबाट हुने स्वास्थ्य लाभलाई बेवास्ता गर्न सकिँदैन । तर यसको अत्यधिक सेवनले शरीरमा नकारात्मक प्रभाव पार्न सक्छ । लसुन र प्याज सीमित मात्रामा खाँदा कुनै पनि साइड इफेक्ट बिना नै यसको पोषक तत्त्वको फाइदा लिन सकिन्छ । सही मात्रामा सेवन गर्दा, यसले पाचन प्रणालीमा सुधार ल्याउँछ । अत्यधिक सेवनले शरीरमा विषाक्तता निम्त्याउन सक्छ।

कुन हो सही मात्रा ?

–दैनिक १–२ पोटी लसुन र १ मध्यम आकारको प्याज पर्याप्त हुन्छ ।

काँचोको सट्टा पकाएर खानुहोस् । यसले तिनीहरूको मसलादार प्रभाव कम गर्नेछ ।

–तपाईंलाई पहिले नै कुनै स्वास्थ्य समस्या छ भने डाक्टर वा पोषण विशेषज्ञसँग परामर्श गर्नुहोस् । रातोपाटी बाट साभार

सुदूरपश्चिमखबर संंवाददाता

सुदूरपश्चिमखबर संंवाददाता

सम्बन्धित

बौद्ध र स्वयम्भूमा श्रद्धालुको घुइँचो
जीवनशैली

बौद्ध र स्वयम्भूमा श्रद्धालुको घुइँचो

२०८२ जेष्ठ १९, सोमबार ०७:५९
काठमाण्डौको असनमा आजदेखि हरेक शनिबार सवारी साधन प्रवेश निषेध : मौलिकता फिर्ता गराउने उद्देश्य
जीवनशैली

काठमाण्डौको असनमा आजदेखि हरेक शनिबार सवारी साधन प्रवेश निषेध : मौलिकता फिर्ता गराउने उद्देश्य

२०८२ जेष्ठ १९, सोमबार ०७:५९
जल तथा मौसम विज्ञान विभागको असोज १८ देखि २० सतर्कता अपनाउन अनुरोध
जीवनशैली

पश्चिम नेपालतर्फ पनि वर्षा गराउने प्रणाली विस्तार हुने

२०८२ जेष्ठ १९, सोमबार ०७:५९

Discussion about this post

फेसबुक पेज

नयाँ प्रकाशित

इन्धनको मूल्य समायोजनः पेट्रोल-डिजेल सस्तो, एलपी ग्यास महँगियो

इन्धनको मूल्य समायोजनः पेट्रोल-डिजेल सस्तो, एलपी ग्यास महँगियो

२०८२ जेष्ठ १९, सोमबार ०७:५९
बौद्ध र स्वयम्भूमा श्रद्धालुको घुइँचो

बौद्ध र स्वयम्भूमा श्रद्धालुको घुइँचो

२०८२ जेष्ठ १९, सोमबार ०७:५९
२५७०औँ बुद्ध जयन्ती देशभर श्रद्धापूर्वक मनाइँदै

२५७०औँ बुद्ध जयन्ती देशभर श्रद्धापूर्वक मनाइँदै

२०८२ जेष्ठ १९, सोमबार ०७:५९
आज १३७औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस

आज १३७औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस

२०८२ जेष्ठ १९, सोमबार ०७:५९
वेदकोटका तीन वडामा जोखिम नक्सांकन तथा क्षमता विश्लेषण सम्पन्न

वेदकोटका तीन वडामा जोखिम नक्सांकन तथा क्षमता विश्लेषण सम्पन्न

२०८२ जेष्ठ १९, सोमबार ०७:५९
भीमदत्त–११ ले ३१ जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने

भीमदत्त–११ ले ३१ जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने

२०८२ जेष्ठ १९, सोमबार ०७:५९

आशिर्वाद मिडिया प्रा. लि.  द्वारा सञ्चालित

सुदूरपश्चिमखबर डट्कम

sudurpashimkhabar.com

कम्पनी दर्ता नम्बरः २२४७९७-०७६-७७

सूचना बिभाग दर्ता नम्बर: २१७५-०७७-०७८

प्रेस काउन्सिल सूचिकरण न : २३४५

सञ्चालक: मनिषा भट्ट

अतिथि सम्पादक: हिरा कुमारी भट्ट

सम्पादक: बिरेन्द्र कलौनी

कार्यकारी प्रमुख: प्रकाश भट्ट

फोटो पत्रकार: दिपक नाथ

संवाददाता: रबि भट्ट

सम्पर्कका लागि...

सुदूरपश्चिमखबर डट्कम

ठेगानाः वेदकोट-९ लालपुर, कञ्चनपुर

सम्पर्क नम्बर: 9848358880

इमेल: [email protected]

© 2026Aashirbad Media Pvt.Ltd. All rights reserved.

Design & Developed by: Donoo Logo

No Result
View All Result
  • गृहपृष्ठ
  • सुदूरपश्चिम
    • कन्चनपुर
    • कैलाली
    • डोटी
    • डडेलधुरा
    • अछाम
    • बझाङ्ग
    • बाजुरा
    • बैतडी
    • दार्चुला
  • देश
  • राजनीति
  • अर्थ
  • जीवनशैली
  • विज्ञान र प्रविधि
  • खाेज
  • खेलकुद
  • अन्य
    • वातावरण
    • स्वास्थ्य
    • विश्व